Thursday, September 09, 2010

रेडक्रसको गोदामघर निर्माण

दैवी प्रकोप पिडीतहरूको सहायताका लागि वितरण गरिने सामानलाई व्यवस्थित र सुरक्षित बनाउन म्याग्दीको सदरमुकाम बेनीमा गोदाम घर निर्माण भएको छ ।

नेपाल रेडक्रस सोर्साईटी, म्याग्दी शाखाको भवनमा स्थापना गरिएको गोदामघरको बिहीबार सोर्साईटीका उपमहामन्त्री सर्ुदर्शनप्रसाद नेपाल र डेनिस रेडक्रसका प्रतिनिधी जोर्गेन क्रिस्टेन्सेन ले उद्घाटन गर्नुभयो ।

युरोपियन युनियन, डेनिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालन गरिएको बहुखतरा जोखिम न्यूनिकरण मार्फ सुरक्षित समुदाय कार्यक्रमको सहयोगमा गोदामघर स्थापना भएको हो ।

गोदाम घरमा ४ सय परिवारलाई पुग्ने कपडा, भाँडा, पाल लगायतका सामाग्रीहरू तयारी अवस्थामा राखिएको शाखाका मन्त्री लेखबहादुर हमालले जानकारी दिनुभयो । मन्त्री हमालका अनुसार पहिरो, आगालागी, नदी कटान लगायतका कारण प्रभावित बनेका पिडितहरूलाई छिटो र व्यवस्थित तवरले राहत सामाग्री उपलब्ध गराउन गोदामघर स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटीका उपमहामन्त्री नेपाल, डेनिस रेडक्रसका प्रतिनिधी जोर्गेन, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल र शाखाका निवर्तमान सभापति हरिकृष्ण श्रेष्ठले मन्तव्य व्यक्त गर्दै गोदाम घरलाई व्यवस्थित गर्न सकेमा उपयोगि बन्ने बताउनुभयो ।

सो अवसरमा पाकीस्तानका बाढीपिडीतहरूको सहायताका लागि बेनीमा संकलन गरिएको १७ हजार रुपैया राहत नेपाल रेडक्रस सोर्साईटीका प्रतिनिधीलाई हस्तान्तरण गरिएको थियो । शाखा सभापति मुक्ति रोकाको सभापतित्व र कार्यक्रमका डिबी पछाँइको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मन्त्री हमालले स्वागत गर्नुभएको थियो ।

पहिरोबाट जोखिमयुक्त म्याग्दीका ६ वटा समुदायमा सञ्चालन भएको सुरक्षित समुदाय कार्यक्रम प्रभावकारी बनेको सो अवसरमा जानकारी गर्राईएको थियो । कार्यक्रमबाट ७ सय भन्दा बढी घरपरिवार लाभान्वित भएका कार्यक्रम संयोजक अमर बानियाले जानकारी दिनुभयो ।

बानीयाका अनुसार १ करोड रुपैयाको लगानीमा हिस्तान, जामुनाखर्क, भकिम्ली, पुलाचौर, रुम ओखरबोट र निस्कोटमा सञ्चालीत कार्यक्रम अर्न्तगत प्रकोप न्युनीकरण गर्न तटबन्ध गर्ने, प्रकोपबाट बच्ने उपाए, प्रकोपका समयमा गरिने उद्धार तथा प्राथमिक उपचारका विषयमा जानकारी गराउने गरिएको छ ।

म्याग्दी भदौ २४ गते ।

No comments: