Thursday, September 02, 2010

सिलाई कर्टाई ब्यवसायी सगठित

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति म्याग्दीको पहिलो साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले बबीन बागदासको अध्यक्षतामा गोपाल बागदास उपाध्यक्ष, प्रेम नेपाली सचिव, शिव परियार सहसचिव र रेणु शाही कोषाध्यक्ष रहनुभएको कार्यसमिति पनि चयन गरेको छ ।

समितिका सदस्यहरुमा सदस्यहरुमा मेनुका पुन, सिता मल्ल, सुरेर परियार, राममाया परियार, सरस्वती पौडेल, याम सुन्दास, धनकुमारी बिक र जिवन परियार रहनुभएको छ ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष विद्युत बज्राचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोदकुमार श्रेष्ठ, केन्द्रिय सदस्य सदिश श्रेष्ठ, गोपाल परीयार, काठमाठौ जिल्ला अध्यक्ष रामनाथ श्रेष्ठ, नेपाल म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ाा र एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य टेकबहादुर बिकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष बबिन बागदासको सभापतित्व र सचिव प्रेम परियारले सञ्चालन गर्नुभएको सो कार्यक्रममा रेणु शाहीले स्वागत गर्नुभएको थियो ।

म्याग्दी भदौ १७ गते ।

No comments: