Saturday, September 25, 2010

ज्योती बनीन् मिस मुस्ताङ

मुस्ताङमा पहिलो पटक आयोजना भएको मिस मुस्ताङ प्रतियोगिताको उपाधी जोमसोमकी २० वषर्ीया ज्योती थकालीले हात पारेकी छन् ।

    थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङले आयोजना गरेको प्रतियोगितामा मार्फाकी दिपीका लालचन दोस्रो भएकी छन् ।

पहिलो पटक स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १५ देखि २५ वर्षसम्मका युवतिहरुले सहभागिता जनाएका थिए । आयोजकका अनुसार बौद्धीकता, सुन्दरता र व्यक्तीत्वका आधारमा मिस मुस्ताङ छनौट गरिएको हो ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेले प्रमाणपत्र सहित १० हजार र ५ हजार रुपैया नगद पुरस्कार पनि जितेका छन् । पहिलोपटक प्रतियोगिता आयोजना भएकाले धेरैको सहभागिता हुन नसकेको संघका अध्यक्ष प्रेम तुलाचनले बताउनुभयो ।

उहाँले प्रतियोगिता निरन्तर आयोजना गर्ने जानकारी दिँदै आगामी वर्षसहभागिता बढ्ने आशा गरिएको बताउनुभएको छ ।
म्याग्दी असोज ९ गते ।

No comments: