Wednesday, September 01, 2010

झाडापखलाबाट १ जनाको मृत्यु

म्याग्दीको बरङ्जामा बुधबार झाडापखलाबाट १ जनाको मृत्यु भएको छ ।

विगत ४ दिनदेखि झाडापखलाका कारण बिरामी परेका बरङ्जा ५ न्युरा का १७ वषिर्य चन्द्रबहादुर फगामीको बुधबार दिउँसो मृत्यु भएको हो ।

मृतकका छिमेकी श्याम केसीले दिएको जानकारी अनुसार फगामीका आमा र दाजु पनि झाडापखलाबाट बिरामी परेका छन् । गरिवीका कारण उनीहरूले उपचार गर्न नपाएको स्थानीयबासीले बताएका छन् ।

उनिहरुले परिवारले ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका छन् । आर्थिक अभावमा उपचार गर्न नसकेको बिरामीले गुनासो गरेका छन् ।

म्याग्दी भदौ १६ गते ।

No comments: