Tuesday, September 07, 2010

द्धन्द्ध व्यवस्थापन गरि शान्ति पर््रबद्धन गर्न जोड

देशमा शान्ति प्रक्रिया सुरू भएपनि द्धन्द्धका अवशेष बाँकीनै रहेकाले स्थानीय तहमा द्धन्द्ध व्यवस्थापन गरि शान्ति पर््रवद्धन गर्नमा जोड दिनुपर्ने मंगलबार बेनीमा आयोजित एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र र्-इन्सेक)ले आयोजना गरेको कार्यक्रमका सहभागिहरूले स्थानीय सरोकारवालाहरू संग सम्ान्वय गरि ग्रामिण र दर्ुगम क्षेत्रमा पुगेर शान्ति पर््रवद्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सूचना र पहिचानको समस्याका कारण वास्तवीक पिडीतका समस्या बाहीर आउन नसकेको बताउँदै उनीहरूले यसतर्फपनि ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समाजका सवै वर्ग, समुदाय र संघ संस्थाहरूले एक आपसमा समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

इन्सेकले अधिकार लोकतन्त्र तथा समावेशीकरण कोषको सहयोगमा म्याग्दीका अर्मन, बरङ्जा, कुहुँ र बाबियाचौर गाविसमा सञ्चालन गरेको अधिकार, प्रजातन्त्र र शान्तिका लागि स्थानीय तहका जनताको पहल कार्यक्रमको बारेमा सरोकारवालालाई जानकारी गराउन कार्यक्रम आयोजना गरेको थियो ।

क्षेत्रीय संयोजक शिव खकुरेलले द्धन्द्ध पिडितलाई समुदायमा पुगेर अधिकार र सूवीधा उपभोग गर्न तर्फसचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसका जिल्ला सचिव माधवप्रसाद रेग्मी, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधी घनश्याम खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्मा, नेकपा एकिकृतका धु्रबलाल शर्मा, बालकल्याण अधिकृत मिठू आचार्य र महिला मानवअधिकार रक्षक सञ्जालकी रेखाकौशल रेग्मीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी भदौ २२ गते ।

No comments: