Thursday, September 09, 2010

काजग उद्योग स्थापनापछि लोक्ताको सदुपयोग हुन थाल्यो

म्याग्दीमा उत्पादीत नेपाली कागजको बिदेशी बजारबाट माग आउन थालेको छ ।  अर्न्तराष्ट्रिय बजारबाट कागजको माग आउन थालेपछि उद्योग सञ्चालकहरू उत्साहीत भएका छन् ।

म्याग्दीको रुम, लुलाङ र नांगीमा स्थानीयबासीले सामुहीक कागज उद्योग सञ्चालन गरेका छन् । यस वर्ष५ सय कोरी कागज काठमाडौका व्यापारी मार्फ जर्मन निर्यात भएको रुम अदीभारा स्थित सोले हब्स प्रालीका अध्यक्ष होमलाल पुनले बताउनुभयो ।

बलीयो हुने भएकाले सजावटका सामान र चित्र बनाउनका लागि बिदेशमा नेपाली कागजको लोकप्रियता बढेको पुनले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार स्थानीय बजारमा प्रतिकोरी कागज १ हजार ५ सय रुपैयाका दरले बिक्री हुने गरेको छ । 'बिदेशी बजारबाट माग आउन थालेकाले उद्योगको क्षमत्ता विस्तार गरी उत्पादन बढाउने तयारीमा छौ अध्यक्ष पुनले भन्नुभयो ।

२ वर्षअघि स्थानीयबासीहरूको अगुवाईमा जिल्ला वन कार्यालय, जिविकोपार्जनका लागि वन कार्यक्रम र संगम म्याग्दीको सहयोगमा स्थापना भएको उद्योगले जंगलमा वर्षौदेखि खेर गईरहेको लोक्ता प्रसोधन गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ । पहिलो वर्ष६० कोरी कागज उत्पादन भएको थियो ।
नेपाली कागज चिठीको खाम बनाउने, सजावटका सामान निर्माण गर्न र सरकारी कामकाजमा प्रयोग गर्ने गरिन्छ । सरकारले कागज उद्योगलाई प्रोत्साहन गर्न सरकारी कामकाजमा नेपाली काजगको प्रयोग बढाउने कार्यक्रम ल्याएको थियो ।

म्याग्दी भदौ २४ गते ।

No comments: