Saturday, September 11, 2010

ध्ाौलागिरी अञ्चलमा संचार सेवा अबरुद्ध

बिहिबार राती देखि निरन्तर ध्ाौलागिरि अञ्चलका चारै जिल्लामा संचार सेवा अवरुद्ध हुदा सेवाग्राही प्रभावित भएका छन् ।

स्याङजा, कास्की र पर्वतको सीमामा रहेको पञ्चासे स्थित नेपाल टेलीकमको रिपिटर टावरमा खरावी आएपछि अबरुद्ध बनेको सञ्चार सेवाबाट बागलुङ, पर्वत,म्याग्दी र मुस्ताङका ५० हजार भन्दा बढी सेवाग्राही प्रभावित भएका हुन् ।

टावरमा खरावी आएपछि धौलागिरिका बागलुङ, म्याग्दी र पर्वतका सम्पर्ूण्ा प्रिपेड,पोष्ट पेड र सिडिएमए मोवाईल फोन र तार जडित फोन अबरुद्ध भएका हुन् । सञ्चार सेवा अबरुद्ध हुंदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

बिशेष गरेर तिज र रमाजन पर्वको अवसरमा सञ्चार र्सर्म्पक बिहिन हुदा पर्वको अवसरमा महत्वपर्ुण्ा खबर र सन्देश आदान प्रदान गर्ने समेत समस्या भएको छ । गन्तव्यमा हिडेका तथा आफ्ना इष्टमित्र आफन्तजन र साथ्ाी संगिहरु सगं महत्वपर्ुण्ा कुराकानी गर्न चाहनेहरुले आज दिनभर सास्ती बेहोर्नुपरेको छ । एकैछिनमा टावर आउने जाने गरेपनि मोवाइल र फोनले कत्तिपनि काम नगरेपछि सेवाग्राही निराश भएर दिन व्यतित गरेका छन् ।

रिपिटर टावरमा आएको समस्या समाधान गर्नका लागी शुत्रबार पहल भएपनि सेवा सुचारु हुन नसकेको र आज दिउसो सम्ममा सेवा सुचारु हुन सक्ने नेपाले टेलीकम बागलुङले जनाएको छ

म्याग्दी भदौ २६ गते ।

No comments: