Tuesday, August 31, 2010

सम्पादक लाई कालोमोसो

मुस्ताङबाट प्रकाशन हुने हिमालपारीको आवाज साप्ताहीकका प्रकाशक तथा सम्पदाक भिम रर्साईलीलाई टुकुचेका केही व्यक्तीहरूले समाचार प्रकाशन गरेको विषयलाई लिएर कालोमोसो दलेर बजार घुमाएका छन् ।

सदरमुकाम जोमसोमबाट प्रकाशन हुने उक्त पत्रिकाले सोमबारको अंकमा एक गैहृ सरकारी संस्थालाई उदृत गर्दै वेश्यावृत्तिको समाचार प्रकाशन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा एचआईभि एड्सका विषयमा भएको छलफलमा उठेका विषयवस्तुका विषयमा गैसरकारी संस्थालाई उद्धृद गर्दै समाचार सम्प्रेशष गरेको भन्दै सम्पादक रर्साईलीलाई दर्ुर्व्यवहार र अभद्र ब्यवहार गरेका हुन् ।

समाचारको बिषयलाई लिएर आक्रोशित उनीहरूले अवदेखि पत्रिका ननिकाल्न समेत चेतावनी दिएर कागज गरेका छन् । कागज गरेपछि १ महिनाका लागि पत्रिका प्रकाशन बन्द भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुण्य पौडेलले समाचारको विषयलाई लिएर स्थानीयबासी खनिएर पत्रिका बन्द गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

समाचारप्रति कुनै असहमति भए खण्डन गर्ने र उजुरी दिनसक्ने व्यवस्था हुँदा हुँदै अभद्र र अमानवीय ब्यबहार गर्नु निन्दनिय भएको पौडेलले बताउनुभयो । रर्साईलीलाई सुरक्षाका लागि प्रहरीले पहरा दिएको छ । उहाँले आफू असुरक्षित भएको बताउनुभयो ।

सम्पादक प्रकाशक रर्साईलीलाई सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको  प्रहरी नायव उपरिक्षक रामबहादुर थापाले बताउनुभयो । घटनाको विषयमा पत्रकार सम्बद्ध संघ संगठनहरूले छानविन गर्ने र स्थानीय पत्रकारहरूको सुरक्षाका लागि प्रशासनसंग माग गर्ने जनाएका छन् ।

यसैगरी प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा गंभीर आघात पुगेको महशुश गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पेसागत सुरक्षाको प्रत्याभूति गराउन स्थानिय प्रशासनलाई ध्यानाकर्षा गराएको छ ।

ढोरपाटन दैनिकमा पाठक आवाज प्रकाशित भएको विषयमा काँग्रेस र त्यसका भातृ संगठनहरुले सोमबार ढोरपाटन पत्रिका जलाएपछि मंगलबार महासंघ अध्यक्ष हरिनारायण गौतमको अध्यक्षमा बसेको बैठकले यस्तो निर्ण्र्ाागरेको हो ।

म्याग्दी भदौ १५ गते ।

No comments: