Saturday, October 02, 2010

बेनीमा पशुबधशाला संञ्चालन

अब्यवस्थित पशुवध गरिएकोले माशु अश्वस्थ्य भएपछि सदरमुकाम बेनीमा शुक्रवारदेखी ब्यवस्थित पशुवधशाला संञ्चालनमा आएको छ ।

पशु सेवा कार्यालय, जिल्ला विकास समिति, स्थानिय अथूङ्गे गाविस र उद्योग वाणिज्य संघको ५ लाख ११ हजार रुपैयाको लागतमा अञ्चलमै पहिलो पटक बेनीमा बधशाला निर्माण गरिएको हो । बधशाला निर्माण गर्न जिविसले एक लाख, गाविसले ५० हजार र उद्योग वाणिज्य संघले ५० हजार सहयोग गरेका छन् ।

'लामो प्रयत्नपछि पशु बधशाला संञ्चालनमा आएको छ । अहिले रागा र भैसीकोलागी मात्र बधशाला उपयोग गरिने छ । विस्तारै खसीवोकाको पनि वधशाला निर्माण गछौर्ं' पशु सेवा कार्यालयका प्रमुख डा. प्रेमप्रसाद रेग्मीले बताउनु भयो ।

अहिले दैनिक एक वटा रागा र भैसीको बध गर्ने गरिएको छ । छुट्टै १८ स्थानमा खसीबोकाको बध गर्ने गरिन्छ । कार्यालयका अनुसार सदरमुकाम बेनीमा दैनिक सरदर तीन सय ५० केजी रागाभैसी, दर्ुइ सय ८० केजी खसीबाख्रा, चार सय १५ केजी कुखुरा र ८० केजी बंगुरको माशु खपत हुन्छ ।

'ब्यवस्थित पशुवधशाला नहुंदा माशु अश्वस्थ्य र वातावरण प्रदुषण निक्लेको मात्र थिएन । बजारको विच-विचमा अब्यवस्थित तरिकाले रागाभैसीको टाउकोमा घनले प्रहारगरी वध गर्दा पशुले निकाल्ने आवाजले सवैलाई डिस्टव गथ्र्यो' स्थानिय प्रमिला कार्कीले बताउनु भयो ।

ब्यवस्थित पशुवधशाला निर्माण पछि बध गरिएका पशुको लादीलाई मलखादको रुपमा उपयोग गर्नुको साटो निक्लेको फोहोर सीधै नदीमा मिर्साईएको छ ।

म्याग्दी असोज १६ गते ।

No comments: