दर्ता भएका मुद्दामध्ये २ वटा हाडनाता करणी सम्बन्धी मुद्दा छन् । यसअघिका वर्षा करणी सम्बन्धि मुद्दा प्रहरीकहाँ न्युन मात्रमा दर्ता हुने गरेका थिए । समुदायमै मिलाउन पहल गरिएपनि पिडितले कानुनी उपचारका लागि प्रहरीमा मुद्दा दर्ता गराउन थालेका हुन् ।
पाखापानी र राखु पिप्लेका एक एक र बाबियाचौर गाविसका २ वटा मुद्दा दर्ता भएका हुन् । भदौमा दर्ता भएको पाखापानीको मुद्दा आपसी समझदारीमा फिर्ता भएको थियो भने अन्य घटनाका संलग्न २ जनालाई अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
यसैगरी कात्तिक ११ गते हाडनाता करणीको आरोपमा पक्राउ परेका बाबियाचौरका धनबहादुर नेपालीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । १ वर्षघि रत्नेचौरमा बलत्कारपछि २ जना बालीकाको हत्यामा संलग्न व्यक्तिहरूको भने अझै पहिचान हुन सकेको छैन् ।
हाडनाता करणीको घटनाका पिडित २ जना लाई पोखरा स्थित अन्तरदृष्टि परामर्श केन्द्रमा पर्ठाईएको प्रनाउ भट्टले बताउनुभयो । "केही महिनायता जवरजस्ती करणी सम्बन्धी मुद्दा बढ्न थालेका छन्" प्रनाउ भट्टले भन्नुभयो "दर्ता भएका २ वटा मुद्दामा परिवारकै सदस्यबाट पटक पटक यौन शोषण हुने गरेको पाईएको छ ।"
म्याग्दी कार्तिक १४ गते ।