Tuesday, October 05, 2010

दसैका लागि भेडाच्याङ्ग्रा आयात

दसै र तिहार पर्व नजिकिँदै गर्दा मुस्ताङ जिल्लाबाट मासुका लागि भेडाच्याङ्ग्रा निर्यात हुन थालेका छन् ।

    मुस्ताङबाट म्याग्दी हुँदै कास्की, काठमाडौ, बागलुङ, पर्वत, चितवन, तनहँु, स्याङ्जा लगायतका जिल्लामा भेडाच्याङ्ग्रा निर्यात गर्न सुरु भएको छ ।

    म्याग्दीको बाटो भएर दैनिक हजारौ भेडाच्याङग्रा निर्यात हुने गरेका छन् । जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यस वर्षो दसै तिहारका लागि आईतबार सम्म ३२ हजार खसी निर्यात भइसहेका छन् ।

    यसवर्ष७५ हजार देखि ८० हजार भेडाच्याङ्ग्रा मासुका लागि निर्यात हुने अनुमान गरिएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङका प्रमुख गुरुप्रसाद खकुरालले जानकारी दिनुभयो ।

    मुस्ताङ र चिनको तिब्बतका भेडाच्याङ्ग्राको मासु नेपाली बजारमा लोकप्रिय मानिन्छ । हिमाली क्षेत्रमा पालीएका कारण मासु स्वादीलो हुने भएकाले तिब्बती र मुस्ताङी भेडाच्याङ्ग्राको मासु लोकप्रिय बनेको खकुरालले बताउनुभयो ।

    मुस्ताङमा खसीको स्वास्थ्य परिक्षण गरेपछि मात्र अन्य जिल्लामा निर्यात गरिएको छ ।  गत वर्षतिब्बतबाट आयात गरिएका ८० हजार ५ सय ३३ भेडा, मुस्ताङबाट २४ सय ९० भेडा र ३१ हजार ८९ च्याङ्ग्रा म्याग्दी हुँदै निकासी भएका थिए ।

    यस वर्षएक च्याङ्गाको मूल्य ८ हजार रुपैया र भेडाको मूल्य ७ हजार रुपैयाको अनुपातमा रहेको छ ।

म्याग्दी असोज १८ गते ।

No comments: