Tuesday, October 05, 2010

जिल्ला स्तरिय मेलमिलाप मञ्च गठन

द्वन्द्वको घाउ मेटाउँदै स्थानिय तहमा शान्ति तथा पुनःमिलनको वातावरण तयार पार्ने उद्देश्यले आईतबार म्याग्दीमा जिल्ला स्तरिय मेलमिलाप मञ्च गठन भएको छ ।

सदरमुकाम बेनीमा आयोजित द्वन्द्वपीडितहरु, सामाजिक संस्थाका अगुवाहरु, राजनैतिक दलका अगुवाहरु, प्रशासन, प्रहरी, जिविसलगाएत सरोकारवालाहरुको भेलाले द्वन्द्वपीडित देवराज सुवेदीको संयोजकत्वमा १५ सदस्यीय मेलमिलाप मञ्च गठन गरेको हो ।

मञ्चमा राज्य तथा तत्कालिन व्रि्रोही माओवादीबाट पीडित भएका तथा द्वन्द्वको चेपुवामा परी पीडित भएका र्सवसाधारणहरुको सहभागिता रहेको छ । राजनैतिक दल तथा सरकारी निकायका सरोकारवालाहरु मञ्चको सल्लाहकारमा रहेका छन् ।

मञ्चको सचिवमा गैसस महासंघका अध्यक्ष भरत केसी र सदस्यहरुमा तमबहादुर थापा, ठकबहादुर पर्ुजा, सुरेन्द्र खत्री, दर्ुगा आचार्य, डोलकुमारी बानिया, रेखा रेग्मी, खरमाया विटालु, मुक्ति रोका रहनुभएको छ ।

'द्वन्द्वपीडितको नाममा धेरै कार्यक्रम भएका भएपनि वास्तविक पीडितहरुले राहत लगाएत राज्य र अन्य निकायबाट प्रदान गरिने सेवाबाट बन्चित रहेको अवस्था र पीडितहरुको पीडालाई कम गर्दै राहत, पुनःनिर्माण र पुनःएकिकरणको अभियानलाई सहयोग पुर्‍याउने पहल गर्ने छौं' निर्वाचित संयोजक सुवेदीले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) अधिकार, लोकतन्त्र र शान्तिकालागी स्थानिय पहल परियोजना अर्न्तगत जिल्लाका बरंजा, अर्मन, कुहुं र बाबियाचौरमा पनि गाविस स्तरिय  मेलमिलाप मञ्च गठन गरिएकोर् इन्सेक जिल्ला प्रतिनिधी घनश्याम खड्काले जानकारी दिनुभयो ।

'राज्य तथा तत्कालिन व्रि्रोही पक्ष माओवादीबाट पीडित भएका र्सवसाधारण, आमा समुह, युवा क्लव र अन्य स्थानिय सरोकारवालाहरुको भेलाबाट यस्ता समिति निर्माण गरेका छौं' इन्सेक जिल्ला संयोजक दर्ुगा लामिछानेले बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी, रेडक्रस सभापति मुक्ति रोका, गैसस महासंघका भरत केसी, जिविसका सह योजनाकार रामप्रसाद पण्डित, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसका जिल्ला सचिव मीनबहादुर बानिया र स्थानिय शान्ति समितिका संयोजक नेत्रबहादुर महतले सुझाव सहित मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी असोज १८ गते ।

No comments: