Tuesday, October 05, 2010

अपाङ्ग मैत्री भवन नहुँदा समस्या

म्याग्दी स्थित सरकारी कार्यालयका भवन अपाङ्ग मैत्री नहुँदा अपाङ्गहरूलाई सेवा लिन समस्या परेको छ ।

    कार्यालय सम्म पुग्ने बाटो र भवनको संरचना अनुकुल नभएकाले अपाङ्गहरू मर्कामा परेका हुन् । सरकारी कार्यालयको संरचना अनुकुल नहुँदा सम्बन्धित ठाउँमा पुगेर सेवा लिन कठिन हुने गरेको अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गोपाल केसीले बताउनुभयो ।

    उपाध्यक्ष केसीले म्याग्दीका सरकारी कार्यालयमा हृवील चियर मार्फ पुग्न कठिन हुने गरेको गुनासो गर्नुभयो । कतिपय कार्यालय माथिल्लो तलामा रहने भएकाले त्यहाँ पुग्न निकै समस्या हुने गरेको संघकी अध्यक्ष तिर्थकुमारी श्रेष्ठको गुनासो छ ।

    अधिकांश अपाङ्गहरु कार्यालय बाहीरैबाट सेवा नलिई र्फकन बाध्य बनेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

म्याग्दी असोज १९ गते ।

No comments: