Sunday, October 10, 2010

दशैंमा घर र्फकने लाहुरेको लर्को

हिन्दुहरुको महान चाड दशैंंको टिकाको दिन नजिकिंदै जादा कामको खोजीमा सात समुद्रपार पुगेकाहरु धमाधम घर र्फकर्न थालेका छन् । 

काधमा ठुलो झोला, पछिपछि सुटकेसमाथी ठुलो क्यासेट प्लेयर, टिभी र ब्लाङ्केट बोकेका भरिया अगाडी लगाएर लाहुरेको घर फिर्तासंगै गाउघरको चहलपहल पनी हृवात्त बढेको छ । राजधानीबाट जिल्ला भित्रने सवै सवारीमा आधाबढी यात्रु विदेशबाट फर्केका लाहुरेहरु हुन्छन् । लाहुरेका लकेजले सवैगाडीका हुट भरिभराउ हुन्छ ।

'चार बर्षकुवेतमा बसेपछि दशैं मान्न तिन महिनाको छुट्टी आएको हुं' बेनीमा बालबालिकालाई लत्ताकपडा किन्दै गरेका घार-६ का शेरबहादुर कार्कीले बताउनु भयो । लाहुरेको घर फिर्तासंगै केटाकेटी र धेरै चेलीहरुको मन फुरुङ्ग भएको छ । बजारमा किनमेलको क्रम बढेको छ ।

दशैंसंगै लाहुर मात्र होईन, वालवच्चा पढाउन शहर झरेकाहरु पनी नानाीबाबुलाई अगाडी लगाएर धमाधम घर र्फकन थालेका छन् । गाउ-गाउमा स्थानिय स्तरका खेलकुद प्रतियोगिता सहित मनोरञ्जनपर्ूण्ा मेलाको आयोजना गरिएका छन् ।

तर एयरपोर्टमा ओर्लेदेखी घरपुग्दासम्म विमानस्थलका कर्मचारी, ट्याक्सी, होटलधनी, राजधानीबाट जिल्ला सदरमुकाम पुग्ने गाडी र सदरमुकामबाट गाउ पुग्ने गाडी ब्यवसायीहरुबाट लाहुरेहरु ठगिने गरेका छन् । एउटा सानो झोलाको पनि ब्यवसायीले लकेजभन्दै महंगो भाडा लिने गरेका छन् । यातायात ब्यवसायीबाट मात्र होईन बसपार्क क्षेत्रमा लाहुरेको लकेट खोज्न बसेका भरियाहरुबाट समेत उनीहरु ठगिन्छन् ।

घर र्फकन नपाएका लाहुरेले घरपरिवारलाई पठाउने दशैर्ंखर्चले रेमिटेन्स रकममा पनि बृद्धी भएको छ । नेपाल बैंक र वाणिज्य बैंकका जिल्ला शाखाले दिएको जानकारी अनुसार असोजको २० गतेसम्म मात्र झण्डै ९ कारोड रुपैया पुगेको छ । अघिल्लो महिनामा जिल्लामा १० करोड रकम भित्रिएको थियो । अन्य महिनामा भने सरदर मासिक ८ करोड ५० लाख रुपैया रेमिटेन्स भित्रने गर्छ ।

८० प्रतिशत जनजीवन बैदेशिक रोजगारीमा निर्भर यस जिल्लाबाट भारतिय र बेलायती सेनामा कार्यरत भै आवसिय भिसा लिएका परिवार वाहेक पनी करिव १० हजार युवायुवती खाडी मुलुकबाहेक अमेरिका, बेलायत, जापान, जर्मन, कोरिया, बेल्जीयम, लगाएत संसारका विभिन्न मुलुकमा कार्यरत रहेका छन् ।

घनश्याम खड्का                                                                               म्याग्दी असोज २४ गते

No comments: