Saturday, October 02, 2010

विद्युत अभावमा सिडीएमए टावर बन्द

विद्युत अभावमा म्याग्दीको बिम स्थित सिडीएमए टावर सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका र्सवसाधारण समस्यामा परेका छन् ।

    गत भदौमा स्थापना भएको टावर केही दिन सञ्चालन भएर बन्द भएपछि त्यस क्षेत्रका ताकम, मुना, मुदी, लुलाङ लगायत गाविसका र्सवसाधारण समस्यामा परेका हुन् ।

     सिडीएमए र स्काई फोनमा टावर नआउने, टावर आएपनि आवाज नसुनिने समस्याका कारण र्सवसाधारणहरू मर्कामा परेका लुलाङ निमावीका प्रअ नागेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

    स्काईफोन र सिडीएमए फोनमा समस्या देखिएपछि त्यस क्षेत्रमा रहेका भिस्याट प्रविधीको फोन रहेका ठाउँमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । एक कल फोन गर्नका लागि घण्टौ लाईन बस्नुपर्ने बाध्यता रहेको प्रअ ठाकुरले बताउनुभयो ।

    चार्डपर्वको समयमा देश बिदेशमा रहेका आफन्तसंग फोनमा कुरा गर्न नपाउँदा स्थानीयबासी निराश बनेका छन् । नेपाल टेलीकम शाखा कार्यालय, म्याग्दीका अनुसार बिममा टावर स्थापना भएपनि विद्युत अभावमा नियमित सञ्चालन हुन सकेको छैन् ।

    टेलीकमले टावर स्थापना गर्ने र स्थानीयले विद्युत आपर्ूर्ती गर्ने सम्झौता भएपनि स्थानीयले विद्युत आपूती गर्न नसकेका कारण टावर सञ्चालन हुन नसकेको शाखाले जनाएको छ ।

    देवीस्थानमा रहेको टावरले क्षमता धान्न नसकेपछि टेलीकमले बिममा टावर स्थापना गरेको थियो । विद्युत आपर्ूर्ती भएपछि टावर सञ्चालन हुने टेलीकम शाखा कार्यालय, म्याग्दीकार् इश्वरी आचार्यले बताउनुभयो ।

म्याग्दी असोज १६ गते ।

No comments: