Sunday, October 10, 2010

लाग्यो दशैं, झरे चेलुक/च्याङ्ग्रा

नवदर्ुगामा पशुवली दिने प्रचलनले दशैंलाई धितमरुन्जेल मासुभात खाने चाड भनिन्छ । त्यसैले दशैंकालागी लाग्दो असोजदेखी नै मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको लर्को शहर झरी रहेका छन् ।

'बर्षा एक छाक माशु खाउ तर च्याङ्ग्राको खाउ' भन्ने मान्यता यहा छ । मुस्ताङ्गी च्याङ्ग्राको माशु चोपिलो हुनेहुंदा महंगो हुन्छ । दशैंमा बोका/बाख्राको माशु प्रायः व्रि्री हुंदैन् । चेलुक/च्याङ्ग्राको हुल झरेपनि मुल्य भने घटेको छैन् । बेनीमा रोजा च्याङ्ग्राको ९ हजार र चेलुकको ७ हजार ५ सयसम्म मुल्य रहेको छ । 

अहिले मुस्ताङ्गदेखी चेलुक/च्याङ्ग्राको हुल दशैंलाई लक्षित गरेर ओरालिएका छन् । दशैंकालागी ल्याईएका चेलुक/च्याङ्ग्राको लर्कोले बेनी-जोमसोम मार्गको रौकन नै फेरिएको छ ।
मुस्ताङ्गका चराङ, घमी, लोमन्थाङ्ग, छोसेर, झोङ,  डोल्पाको  र्छका भोट र तिब्बती ब्यापारीहरुले समेत दशैंकालागी च्याग्रा, चेलुकलाई विक्रिका लागी ल्याउने गर्छनन् । च्याग्रा/चेलुको थोक किनवेच भने मुस्ताङ्गको कागबेनीमा हुन्छ । केही मुस्ताङ्गी, डोल्पाली र तिब्बतीले आफै बेनी, बाग्लुङ्ग र पोखरा खसी ल्याउछन् ।

गोठबाट हिंडाएका च्याग्रा, चेलुकलाइ दस दिनमा म्याग्दी सदरमुकाम बेनीमा आउंछन् । जिल्ला विकास समितिले भुरुङ्ग-तातोपानीमा राखेको रर्ेकर्ड अनुसार गतवर्षएक लाख ५० हजारबढी चेलुक/च्याङ्ग्रा आएका थिए । चेलुक र च्याङ्ग्रा म्याग्दीको घारखोलाबाट दर्ुइ समुहमा बाडिन्छन् । कुनै समुहले घार, शिख, घाडेपानी, विरेठाटी, नयापुलहुदै पोखरा पु-याउछन भने कुनैले बेनी, बाग्लुङ्ग,कुश्मा हुदै पोखरा पुर्‍याउछन ।

    खसी ब्यापारमा मनग्य आम्दानी भएपनि पेशाबढी जोखिमपर्ूण्ा रहेको छ । बाटोकुरेर बसेका ठग, चोरले हिडिरहेका खसीका बथानमा पसेर बांका,े हनुमानझार जस्ता विषालु घांस खुवाएर विरामी पार्ने, रातमा बासबसेको ठाउंबाट खसी चोर्ने गर्छन् । कतिपय खसी भिरबाट लडेर मर्छन । खसीलाई बचाउनलाग्दा कतिपय ब्यापारीको त आफै भिरबाट खसेर मृत्यु समेत हुन्छ ।

घनश्याम खड्का                                                                               म्याग्दी असोज २४ गते

No comments: