Monday, October 11, 2010

माओवादी र काँग्रेस कहिल्यै संगै हुदैन

नेकपा एमालेका उपाध्यक्ष अशोक र्राईले नेपालका ठुलो दल एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेस कहिल्यै सहकार्य गर्न नसक्ने बताउनु भयको छ  ।

एमाले म्याग्दीले आयोजना गरेको २ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै र्राईले माओवादी र नेपाली काँग्रेस कहिल्यै एक भएर अगाडी नबड्ने बताउनु भयको हो । उहाले राष्ट्रिय सहमतीको विकल्प नभएकाले एमालेले अबलम्बन गरेको धार र बाटो नै देशको लागि एकमात्र उत्तम बाटो रहेको जिकीर गर्नु भयो ।

काँग्रेसलाई हर्ेर्ने माओवादीको गलत बुझाईले नै अहिले राष्ट्रिय राजनितिमा संकट उत्पन्न भएको उपाध्यक्ष र्राईको धारणा थियो । उहाले माओवादीले आफ्नो बर्ग सत्रु काँग्रेसलाई घोषणा गरेकाले प्रधानमन्त्रीको चुनाब पनि अनिर्ण्र्ााबन्न पुगेको बताउनु भयो ।

उपाध्यक्ष र्राईले दशै र तिहारको विचको लामो अबधिमा राजनैतिक दलहरु विचमा केहीनकेही सहमती हुनेमा आशा लिनु पर्ने बताउनु भयको छ  । प्रधानमन्त्रि उमेदबार रामचन्द्र पौडेलको एक्लो दौड अब केही समयमा टुंगीने बताउदै उहाले नेपाली काँग्रेस  एमाले र माओवादी मिलेर आफुहरुलाई सिध्याउछन् कि भन्ने डरमा परेको बताउनु भयको छ  । उनले एमालेले कुनै पनि हालतमा माओवादी र काँग्रेसलाई मिलाएर अगाडी लैजाने लक्षका साथ अगीबढेको बताउनु भयको छ   ।

एमालेका पोलीट्व्युरो सदस्य तथा स्कुल विभाग प्रमुख बेदुराम भुषालले एमाले बन्दुक, खुकुरी तथा बल देखाउने नभै विचारको राजनीति गर्ने पार्टर्ीीहेकाले सवैलाइ समेटेर अगी बढ्नु नै एमालेको अहिलेको कर्याभार रहेको बताउनु भयो   ।

संविधानसभामा उमाले सचेतक थममायाँ थापाले अहिलेको समय भनेको संविधान लेख्ने भएकाले दलहरु सत्ताको खेलमा लाग्न नहुने बताउनु भयको छ  ।

    कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाले धौलागिरि अञ्चल कमिटिका पर्ुव सचिव नवराज शर्मा, म्याग्दीका सचिव खुमबहादुर बानियाँ लगाएतले मन्तव्य व्यक्त गर्नु  भयको थियो ।

अमृत बास्कुने                                                                                     म्याग्दी बेनी २४ असोज

No comments: