Thursday, October 14, 2010

म्याग्दीको घ्याँसर्ीखर्क र चौरखानी जोड्ने झोलुङ्गे पुल

म्याग्दीको कर्ुइनेमंगले गाविसको घ्याँसर्ीखर्क र चौरखानी गाउँ जोड्ने झोलुङ्गे पुल जिर्ण्र्ाानेपछि स्थानीयबासीलाई वारपार गर्न समस्या परेको छ ।

    राहुघाट खोलामा रहेको पुल जिर्ण्र्ााुँदा जोखिमपर्ूण्ा यात्रा गर्नुपरेको स्थानीयबासीले बताएका छन् । मर्मत अभावमा पुलका फल्याकहरु कुहीएका छन । लÝा खिया लागेर चुडिँने अवस्थामा रहनुका साथै पुलमा राखिएको तारजाली समेत प्वाल परेका छन् ।

    आर्थिक अभावमा पुल मर्मत हुन नसक्दा जोखिमपर्ूण्ा यात्रा गर्नुपरेको स्थानीयबासी मनबिर छन्त्यालले बताउनुभयो । पुल मर्मत गर्न सम्बन्धित निकायले चाखो नदेखाएको स्थानीयबासीको गुनासो छ ।
    पुलको जिर्ण्र्ाावस्थाका कारण पुल तरेर रितुङ निमावीमा अध्ययन गर्ने विद्यार्थीहरु पनि समस्यामा परेका छन् ।

म्याग्दी असोज २८ गते ।

No comments: