Wednesday, October 13, 2010

ट्रयाक्टर दर्ुघटनामा चालकको मृत्यु

म्याग्दीको घतान गाविस ४ गिठेनीमा बुधबार भएको ट्रयाक्टर दर्ुघटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना र्घाईते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार घतान देखि सदरमुकाम बेनी आउँदै गरेको ध १ त ५८ नम्बरको ट्रयाक्टर दर्ुघटनामा परि चालक पर्वत माझफाँट ८ का २० वषिर्य प्रेम बिकको मृत्यु भएको हो ।

    दर्ुघटनामा परि र्घाईते भएका पातलेखेतका रामु शाहीलाई उपचारका लागि बेनी ल्याईएको छ भने ट्रयाक्टर मालिक शिव शाहीका छोरा सरोजको घतान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    सडक मर्मतको काम गरिरहेको डोजरका लागिर् इन्धन लिनका लागि बेनी आउँदै गरेको ट्रयाक्टर सडक देखि करिब १०० मिटर तल खसेर दर्ुघटना भएको प्रत्यक्षदर्शीले चिना मगरले बताउनुभयो ।

म्याग्दी असोज २७ गते ।

No comments: