Thursday, October 14, 2010

बेनीको पोल संग्रहालयमा

सात वर्षघि बेनीमा भएको माओवादी र सेनाको दोहोरो भिडन्तका बेला गोलीले छियाछिया पारेको एउटा बिजुलीको पोल राजधानी लगिएको छ ।

    मंगलाघाटमा रहेको उक्त पोल मदन पुरस्कार पुस्तकालयको पहलमा काठमाडौ लगीएको हो । १२ वर्षो द्धन्द्धको झलक दिने उक्त पोल पुस्तकालय मातहतमै स्थापना हुन लागेको युद्ध संग्रहालयमा लोगोका रुपमा रहेनछ ।

    दन्द्ध अवधिका सामाग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालय पुस्तकालयले नेपाल शान्ति संग्रहालयको योजना सुरु गरेको छ ।

    "हामी नेपालीको चाँडै बिर्सने बानी छ," संग्रहालय तयारीमा लाग्नुभएका पत्रकार कुन्द दिक्षितले भन्नुभयो "त्यस्तो बेला लर्डाईँका चिन्ह र अवशेषहरूलाई जोगाएर राखिएन भने भोलि यसबारे अध्ययन सामग्री रहने छैनन् ।"

     आफ्नै सम्पादनको लडाइँमा जनता पुस्तक तयारीका क्रममा उक्त तस्विर आइपुगेको र बेनी भ्रमणमा प्रत्यक्ष देखेपछि गहिरो प्रभाव परेको दीक्षितले बताउनुभयो । "दर्ुइ पक्षले हतियार बोकेर लड्दा देश, समाज र अर्थतन्त्र कसरी छियाछिया भयो भन्ने हामीले भोगेकै हौ" उहाँले भन्नुभयो "बेनी आक्रमणका बेला बीचमा परेको पोल त्यसै कुराको बलियो प्रतिबिम्ब भएको छ ।"

     संग्रहालयका निम्ति धेरै तस्विर जम्मा भइसकेपछि यस्ता प्रभावित सामाग्रीको पनि संकलन थालिएको हो । पोल झिकिएको ठाउँमा अर्काे नयाँ पोल शोधभर्ना गरिएको छ । सो पोल बेनी आक्रमणको झल्को दिने माध्यम बनेको थियो । सरकारका मन्त्री, उच्च पदस्थ, अधिकारी, राजनितिक दलका नेता तथा मानवअधिकारकर्मीहरुले बेनी भ्रमणका क्रममा उक्त पोल अवलोकन गरेका थिए ।  

म्याग्दी असोज २८ गते ।

No comments: