Thursday, October 14, 2010

राउण्ड धौलागिरिमा पर्यटकको चहलपहल बढ्यो

पर्यटकीय मौसमको सुरुवातसंगै म्याग्दीको राउण्ड धौलागिरि पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।
    सदरमुकाम बेनी, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, बिम, मराङ, मुना मुदी हुँदै पदमार्गमा जाने पर्यटकको चहलपहल बढेको हो ।

    इलाका प्रहरी कार्यालय दरवाङका अनुसार दैनिक २ देखि ३ पर्यटक समुह राउण्ड धौलागिरिको भ्रमणमा जाने गरेका छन् । जापान, बेलायत, होल्याड, प|mान्स, कोरीया, अस्टे्रलिया लगायत देशबाट बढी मात्रामा पर्यटक आएका छन् ।

    पदमार्गमा यात्रा गर्ने पर्यटकले धौलागिरि हिमाल आरोहण गर्छन् । धौलागिरि आधार शिवीर, अन्नपर्ूण्ा आधार शिवीर हुँदै मुस्ताङको मार्फा पुगेपछि झण्डै १५ दिन लामो पदयात्रा सकिन्छ ।

    यो पदयात्रा जोखिमपर्ूण्ा र रोमाञ्चककारी भएकाले पर्यटकहरूको आकर्षा बढेको पदपर््रदशक आङदोर्जे शर्ेपाले बताउनुभयो । हिमाल अरोहण बाहेक राउण्ड धौलागिरिको भ्रमणमा आउने पर्यटकले त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको रहनसहन, संस्कार, जिवनशैली, जैविक विविधता, वन्यजन्तु र पंक्षीहरूको पनि अवलोकन गर्न पाउँछन् ।

    अनुसन्धानकर्ताहरूको एक टोलीले सो क्षेत्रमा विश्वमै दर्ुलर्भ मानिएको यतीको बसोबास रहेको प्रतिवेदन गत वर्षर्सार्वजनिक गरेका थिए । आकर्ष र मनोरम भएर पनि होटल र व्यवस्थित पदमार्ग जस्ता पर्ुवाधार नहुँदा सो क्षेत्रको भ्रमण गर्ने पर्यटकलाई समस्या परेको छ ।

म्याग्दी असोज २८ गते ।

No comments: