Tuesday, October 05, 2010

मगर संस्कृतीमा आधारीत चलचित्र निर्माण

मगर समुदायको जिवनशैली र रहनसहनलाई समेटेर चलचित्र 'तिलेनी' निर्माण भएको छ ।
    डम्मर पर्ुजा र चन्द्र शेरपुजाले निर्माण गर्नु भएको चलचित्रमा मगर समुदायमा हुने जन्म, मृत्यु, बिवाह, छेवार लगायतका संस्कार समेटिएका छन् ।

     मगर समुदायमा रहेको  ३ जना छोरी पछि जन्मीएका छोरासंग बिवाह गर्न नहुने भन्ने भ्रमबाट उत्पन्न भएको समस्या चलचित्रले उठान गरेको निर्माता चन्द्र शेरपुजाले जानकारी दिनुभयो ।

    म्याग्दीको हिस्तान, दोसल्ले लगायतका ठाउँका साथै माछापुच्छ्रे हिमाल क्षेत्रमा छायांकन गरिएको चलचित्रमा स्थानीय कलाकार डम्मर पर्ुजा, मिलन गर्वुजा, शेरु रोका, माला गर्वुजा, आषिश पुन, डमाया पाईजा, केशमाया पुन, सबिता पाईजा, दर्ुगा शेरपुजा, गजमती शेरपुजा, बेगबहादुर पर्ुजा, निलु पुन लगायतले अभिनय गर्नुभएको छ ।

    चलचित्रको गत शनिबार बेनीको रुचि चलचित्र हलमा रिलीज गरिएको निर्माता सेरपुजाले जानकारी दिनुभयो । रिलीज हुँदाको दिनमै करिब १ हजार जना दर्शकले चलचित्र अवलोकन गरेका थिए । पहिलो दिनमा १ लाख रुपैया बराबरको कारोबार भएको थियो ।

    छिट्ट काठमाडौ, पोखरा, बागलुङ लगायत मगर समुदायको बसोबास रहेको ठाउँमा पर््रदशनको तयारीमा रहेको चलचित्रले मगर संस्कृतीको संरक्षणमा महत्वपर्ूण्ा योगदान गर्ने निर्माता डम्मर पर्ुजाले बताउनु भयको छ । 

म्याग्दी असोज १९ गते ।

No comments: