Wednesday, October 13, 2010

जेसीज कप फुटबल प्रतियोगिता

यस वर्षो जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर २ देखि ४ गतेसम्म सदरमुकाम बेनीमा सञ्चालन हुने भएको छ ।

    आयोजक म्याग्दी जेसीजले मंगलबार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि नवौ जेसीजकप प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ ।

    म्याग्दी जेसीजका शाखा अध्यक्ष रामकृष्ण बर्राईलीले प्रतियोगितामा पहिलो र दोस्रो हुने समुहलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित १४ र ७ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    ९ वर्षेखि आयोजना गरिँदै आएको प्रतियोगिता सफल पार्न शाखा सहसचिव सरोज बानीयाको संयोजकत्वमा रमेश श्रेष्ठ, हरि गिरी, विनय श्रेष्ठ र सुसन परियार सदस्य रहनुभएको जेसीजकप आयोजक उपसमिति गठन गरिएको पत्रकार भेटघाटमा जानकारी गर्राईएको थियो ।

    प्रतियोगितामा सहभागि हुनका लागि जिल्लाका २४ वटा विद्यालयलाई प्रत्राचार गरिसकेको र अन्य तयारी सुरु गरिएको शाखा अध्यक्ष बर्राईलीले बताउनुभएको छ । प्रतियोगिता संयोजक सरोज बानीयाले खेल निष्पक्ष र स्वतन्त्र तवरले सफल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

    आर्थिक अभावमा पुरस्कार राशी बढाउन नसकेको बताउँदै आयोजकले सहयोग प्राप्त भएमा पुरस्कार राशी बढाउनुका साथै खेलाडीलाई भत्ता समेत उपलब्ध गराउने बताएका छन । प्रतियोगिता सञ्चालन गर्न सहयोगिको खोजी भैरहेको शाखा अध्यक्ष बर्राईलीले बताउनुभयो । पुरस्कार राशी बढाउनुका साथै खेलाडीलाई भत्ता उपलब्ध गराउन सके दर्ुगमका विद्यालयबाट पनि सहभागिता हुने आयोजकको अपेक्षा छ ।

    यसैगरी बेनी क्याम्पस चोकका श्याम श्रेष्ठले आफ्ना मृतक छोरा सन्तोष श्रेष्ठको स्मृतीमा २ लाख रुपैया बराबरको सन्तोष स्मृती कोष स्थापना गरिदिनुभएको छ । कोषको रकम जेसीजकप सञ्चालनका लागि खर्च गर्ने सम्झौता भएको छ । अध्ययनका लागि एक वर्षअघि बेलायत गएका श्रेष्ठको गत असारमा मृत्यु भएको थियो । मृतक श्रेष्ठ फुटबल खेलाडी थिए ।

    यसैबिच म्याग्दी जेसीजका कार्यकारी बरिष्ठ उपाध्यक्ष तथा सुदीप स्मृती कोषका संस्थापक सन्तोष रावलले प्रतियोगिताका लागि १० हजार रुपैया सहयोग गर्ने जानकारी दिनुभयो ।

    सो कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, निवर्तमान शाखा अध्यक्ष सुविन कुमार श्रेष्ठ लगायतले प्रतियोगिताका बारेमा आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

म्याग्दी असोज २७ गते ।

No comments: