Thursday, October 14, 2010

यातायात मजदुरद्धारा सरसफाई र फलफूल वितरण

म्याग्दीका यातायात मजदुरहरूले बुधबार बेनी कालीपुल बसपार्कको सरसफाई गरेका छन् ।

    म्याग्दी यातायात मजदुर युनीयनको आयोजनामा बसपार्कमा जम्मा भएका फोहोर व्यवस्थापन गरिएको हो । सवारी चालक, युनीयनका पदाधीकारी र कर्मचारीहरूले सरसफाई गरेका थिए ।

    यसैगरी युनीयनले जिल्ला अस्पताल म्याग्दीमा उपचार गर्राईरहेका २० जना बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

     दसै तिहारको अवसरमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको युनीयनका अध्यक्ष गोपाल केसी मोहनले बताउनुभयो । त्यसैगरी केसीका अनुसार दर्ुघटना परी हात भाचियका चालक राजु केसीलाई सहयोग स्वरुप नगद सात हजार पाच सय रुपैया समेत वितरण गरीयको छ ।

म्याग्दी असोज २८ गते ।

No comments: