Tuesday, October 05, 2010

जिप दर्ुघटनामा मृत्यु हुनेको संख्या १४ जना

म्याग्दीको दाना गाविसको बाँदरजुङ भिरमा मंगलबार दिउँसो भएको जिप दर्ुघटनामा परि १४ जनाको मृत्यु भएको छ । 

     बेनी देखि तिर्थयात्री बोकेर मुस्ताङको घाँसा तर्फजाँदै गरेको ध १ ज ४९ नम्बरको जिप दर्ुघटनामा परि चालक सहित १४ जनाको मृत्यु भएको हो ।

    मृत्ाक मध्ये चालक दाना घर भई हाल बेनी बस्दै आएका गोपाल खोरजा र सहचालक जिमवाल नाम गरेका र्सर्ुयमती ४ नुवाकोटका रविन र्राई को   सनाखत भएको छ ।

    त्यसैगरी मृत्युहुनेहरु मध्ये बागलुङ पैयुपाँटा १ का प्रकाश पौडेल, लिलादेवी शर्मा, दामोदरी उपाध्याय र जुनादेवी शर्मा, पोखरा उपनगरपालीका १८ भेडीफारम कास्कीकी सबिना बानीया, सोही ठाउँका चिनबहादुर भुजेल घरती  र सरस्वती भुजेल घरती , मुस्ताङ टुकुचेका अजय  थकाली कलसाङ र लेख साइड  पोखराकी सलीस्मा गुरुङ्ग को सनाखत भएको छ ।

त्यसैगरी नवलपरासी कावासोतीका देवेन्द्र पौडेल,  स्याङ्जा वाङ्गसीङ्ग घर भई कोलेनी गोरखाका प्रमुख बाबुराम पौडेल र उनीकी श्रीमती मथुरा पौडेलको पनि मृत्यु भएको जिल्ल्ाा प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक भट्टले जानकारी दिनुभयो ।
    र्घाईते पोखरा १८ भेडीफारमका तोत्र बानिया र नवलपरासी कावासोतीकी गायत्री पौडेल जिल्ला अस्पताल म्याग्दीमा उपचार पछि डिस्चार्ज हुनुभएको छ भने मुस्ताङकी सुस्मीता थकालीलाई थप उपचारका लागि मणीपाल शिक्षण अस्पताल पोखरा पर्ठाईएको छ । र्घाईते तोत्र बानिया र गायत्री पौडेलले जिपबाट हाम फालेर बाँच्न सफल भएको बताउनुभयो ।

    बेनी स्थित म्याग्दी जिप तथा बस सञ्चालक समितिको काउन्टरबाट १२ जना यात्रुहरुले सामुहीक टिकट काटेर घाँसा हिँडेका थिए । 3 जना यात्रु बिच बाटोमा चढेका थिए ।

     जिप भिरबाट करिब 4०० मिटर तल कालिगण्डकी नदीमा खसेको थियो । म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामा पर्ने काभ्रे गाउँ नजिकै रहेको घटनास्थल सदरमुकाम बेनीदेखि ३४ किलोमिटर उत्तरमा पर्छ । जिपमा अधिकांश तिर्थयात्री सवार थिए । प्रत्यक्षदर्शी तथा र्घाईते बानीयाका अनुसार खसी च्यान्ग्र बटुवालाई र्साईड दिने क्रममा जिप ढल्कीएर भिरबाट खोलामा खसेको थियो ।

म्याग्दी असोज १९ गते ।

No comments: