Tuesday, October 12, 2010

स्याउ बिक्रीबाट १८ करोड आम्दानी

यस बर्षमुस्ताङका कृषकले ३५ सय मेट्रीक टन भन्दा बढि स्याउ निर्यात गरेका छन् । जिल्ला कृषी विकास कार्यालय मुस्ताङका अनुसार कृषकरुले स्याउ बिक्री गरेर १८ करोड रुपैया आम्दानी गरेका छन् ।

कृषकहरुले दाना बाहेक सुकुटी, जाम र ब्रण्डी लगायतका खाद्यबस्त बनाएर स्याउ खेतीबाट सो बराबरको आम्दानी गर्न सफल भएका कार्यालय प्रंमुख मेघनाथ तिमिल्सीनाले जानकारी दिनुभयो । गत बर्षमुस्ताङमा १ हजार नौ सय ५० मेट्रीकटन स्याउ उत्पादन भएको थियो ।

यस वर्ष३ हजार ५ सय मेटि्रक्टन स्याउ उत्पादन भएको मुस्ताङमा प्रतिकिलो स्याउको मूल्य ५० देखि ६० रुपैया छ । मुस्ताङको कोवाङ, मार्फा, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङ गाविसको ४ सय ३ हेक्टर जमीनमा स्याउ खेती हुन्छ ।

यस वर्षमुस्ताङका कृषकहरुले प्रति बोट ७ हजार रुपैयाको अनुपातमा स्याउ उत्पादन गरेका हुन् । मुस्ताङमा उत्पादन हुने रेड डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड, फुजी लगायत बिस जातका स्याउ स्वादीलो हुने भएकाले नेपाली बजारमा चर्चीत छ ।

आफ्ना ५ सय बोटले फल दिने गरेको बताउदै मार्फाकी स्याउकृषक पबित्रा लालचनले भन्नुभयो 'जोमसाम बेनी सडक सचालनमा आएपछि स्याउको उचित मुल्य पाइएको छ ।
स्याउ बिक्री बाट करिब १ लाख पचास हजार रुपैया आम्दानी भएको बताउनुभयो । समयमै हिमपात र बषर्ा भएका कारणले समेत स्याउ उत्पादन बढेको कृषकहरुको भनाई छ ।

म्याग्दी असोज २६ गते ।

No comments: