Monday, October 11, 2010

मेहनती युवा कृषकहरुले मुस्ताङमै पहिलो पटक शुरु गरे ब्यबसायीक च्याउ खेती, उत्पादित च्याउलाई बजार अभाब

नवफार्म च्याउखेती तथा रिर्सच सेन्टर नामक कृषि सस्था स्थापना गरि मुस्ताङको मार्फा गाबिस स्याङका चार युवाहरुले ब्यबसायीक एवं अनुसन्धान मुलक च्याउ खेती शुरु गरेका छन ।
जगली च्याउले जीवन लिन पनि सक्छ भन्दै गुणस्तरीय कन्ये च्याउ खेतीका लागी करिब २ लाख रुपैया लगानी गरेर ब्यबसायीकताका लागि अनुसन्धानात्मक रुपमा कन्येच्याउ खेती शुरु गरेका हुन ।
मुस्ताङ जस्तो ठाउमा युवा कृषकले यति ठुलो परिणाममा च्याउखेती गर्न सक्नु सह्रानिय भएको क्षेत्रिय कृषि निर्देशनालय पोखराका निर्देशक बिरेन्द्र बहादुर हमालले बताउनु भयो । युवा कृषकहरुको ब्यबसायीक च्याउखेतीले कृषि पर्यटनको रुपमा बिकास गर्ने एउटा आधार स्तम्भ तयार पारेको समेत निर्देशक हमालले बताउनु भयो । प्रयोगात्मक मात्र नभई ब्यबसायीकतामा पनि जोड दिन कृषकहरुलाई उहाले अनुरोध गर्नु भयो ।  
युवाहरुले बिगत ३ महिना देखि शुरु गरेको च्याउखेतीबाट दैनिक १० देखि २० केजी सम्म च्याउ उत्पादन भए पनि बजारको भने समस्या देखिएको छ । युवाहरु अनुसन्धानात्मक रुपमा बढेकाले आउदा दिनमा गुणस्तरिय च्याउ उत्पादनका लागि स्थानिय स्तरमै प्रबिधिको बिकास हुने देखिएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमील्सीनाले बताउनु भयो । उत्पादित च्याउले पर््रयाप्त बजार नपाएको समेत उहाले बताउनु भयो । सहजै पोखरा काठमाण्डौमा पुर्‍याउन नसके पनि प्रख्यात पर्यटकीय क्षेत्र अन्नपर्ुण्ा फेरोमा च्याउ खपत हुने सोचका साथ युवाहरुले खेती शुरु गरेका हुन
गुणस्तरीय र ब्यबसायीक कन्ये च्याउ उत्पादन गर्न साना साना प्लाष्टिकको थैलोहरु क्रमश चाङपारी डोरीले झुण्ड्याएर प्लाष्टिक एक तर्फात्र खुल्ला गरि उत्पादन शुरु गरिएको छ । गुणस्तरीय कन्ये च्याउ उत्पादनका लागी युवाहरुले प्लाष्टिकको ससाना बोराको एकठाउमा मात्र सानो प्वाल खुल्ला गरि पनि उत्पादन शुरु गरेका छन । यसरी उत्पादन गर्दा क्रमीक रुपमा दिनहु गुणस्तरीय च्याउ निस्कने नवफार्म च्याउखेती तथा रिर्सच सेन्टरका युवाकृषक इन्द्र सिहं थकालीले बताउनु भयो । कन्येच्याउ प्रतिकेजी २ सय पचासमा मुक्तिनाथ, कागबेनी, जोमसोम लगायतका ठाउमा बेच्दै आएका छन ।  एक एक गरि टिप्दा अन्य च्याउ ब्रि्रने देखिएकाले सबै च्याउ लट लटमा टिपीने युवाकृषक थकालीले बताउनु भयो । बिक्रि नभएको च्याउलाई सुकाएर बेच्ने सोच कृषकहरुले राखेका छन । च्याउ घरमा उत्पादीत च्याउखाने सस्कारको बिकास भए पछि आफुहरुलाई सहजहुने कृषक थकालीको भनाई थियो ।
स्नातक सम्मको अध्ययन पुरा गरेका युवाकृषक इन्द्र सिहं थकाली लगायत ४ जना मेहनती युवाहरु नवफार्म च्याउखेती तथा रिर्सच सेन्टरखोलेर गाउमै केहि गर्न सकिन्छ भनेर ब्यबसायीक खेती तर्फलागेका हुन । अन्य जातका च्याउखेतीको लागि समेत उनीहरु लागि परेका छन ।

 चन्द्रश्वर बस्ताकोटी  जोमसोम २४, असोज

No comments: