Monday, October 11, 2010

प्रवेसीका उत्तर्ीण्ालाई युके वाट पुरस्कार

२०६६ सालको प्रवेसीका परिक्षामा उत्तर्ीण्ा हुने बेगका विद्यार्थीहरुलाई बेग बाट रोजगारीको शिलशिलामा युके पुगेका स्थानीयहरुले नगद पुरस्कार प्रदान गरेका छन् ।

एसएलसीमा नियमित तर्फउत्तर्ीण्ा ८ जना विद्यार्थीलाई बेगखोला कल्याणकारी समाज युके उपशाखाले जनही २ हजारको दरले नगद पुरस्कार प्रदान गरेको छ । महादेब मावि बेगमा आईतबार एक कार्यक्रममा विच ८ जना विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गरीएको थियो ।

साथै सोही अवसर पारेर विद्यालयका कक्षा १ देखि १० सम्म गत शैक्षिक सत्रमा उत्तर्ीण्ा हुदा पहिलो दोस्रो र तेस्रो स्थान हाँसील गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरीएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबहादुर पुनको अध्यक्षता शिक्षक भविन्द्रबहादुर के.सी.को सञ्चालन र शिक्षीका तारादेवी गर्वुजाको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पर्ूव अध्यक्ष सुवेदार नरबहादुर तिलीजाले मन्तव्य राख्नु भयको थियो ।

विद्यालयले गत आर्थिक बर्षा २७ लाख ४ हजार ३ सय ८८ रुपैयाँ आम्दानी गरी २० लाख ६० हजार ४ सय २१ खर्च गर्दै ५ लाख ४३ हजार ९ सय ६६ बचत गरेको विद्यालयका प्रधानाध्यापक दुतबहादुर पर्ुजाले बताउनु भयो ।

अमृत बास्कुने                                                                            म्याग्दी बेनी २४ असोज

No comments: