Monday, October 11, 2010

म्याग्दीका कृषकलाई आलु स्याहार्न भ्याईनभ्याई

म्याग्दीका पहाडी क्षेत्रका कृषकहरू बारीमा फलेको आलु भित्र्याउन व्यस्त्त बनेका छन् ।

    हिस्तान, राम्चे, शिख, घारा र पाउद्धारका कृषकहरूलाई आलु भित्र्याउन भ्याई नभ्याई भएको हो । उच्च पहाडी क्षेत्रमा पुष, माघ र फागुनमा लगाईएको आलु मध्य साउनमा निकाल्ने गरिन्छ ।

    आलु निकाल्ने बेलामा झरी परेकाले समस्या परेको कृषकहरूले बताएका छन् । कृषकहरू अनुकुल वातावारणको खोजीमा झरी छल्दै आलु भित्र्याउन ब्यस्त्त बनेका घाराबाट सहकर्मी राजेश पाण्डेले जनाउनुभएको छ ।

    झरीमा आलु निकाल्दा कुहीने भएकाले अनुकुल वातावरणको खोजी गर्दै आलु भित्र्याउँदै गरिएको घारा खिबाङका कृषक मनबहादुर गर्वुजाले बताउनुभयो । आलु सो क्षेत्रको प्रमुख खाद्यबाली मानिन्छ ।

    यहाँका कृषकले ५ मुरी देखि १ सय २० मुरी सम्म आलु उत्पादन गर्छन् । पाखोवारीमा आलुखेती गरेका कृषकहरू यसपाली बढी फल लागेकाले उत्साहीत बनेका छन् ।
     पोखरा र राजधानिका ब्यापारी आलु किन्न घरमै आएपछि बेनी जोमसोम सडक अवरुद्ध बनेकाले निर्यात गर्न नसकिएको घाराका कृषक टेकबहादुर बरुवालले बताउनुभयो । प्रराङ्गारीक प्रबिधीबाट उत्पादन गरिएको यहाँको आलु पोखरा, काठमाडौ र चितवनका पाँचतारे होटलमा पुग्छ ।

    अन्य ठाउँको भन्दा स्वादीलो र गुणस्तरीय हुने भएकाले यहाँको आलु चर्चीत बनेको कृषक टेबहादुर गर्बुजाको भनाई छ । सो क्षेत्रका कृषककले आलुको समान मूल्य निर्धारण गरेका छन् । प्रतिपाथी ६० रुपैयाका दरले आलु विक्री गर्ने निर्ण्र्ाागरिएको हो ।

    आलुबाट सो क्षेत्रका कृषकले वाषिर्क लाखै रुपैया आम्दानी गर्ने गरेका छन् ।

म्याग्दी असोज २५ गते ।

No comments: