Friday, October 08, 2010

भेडाच्याङ्ग्राको मूल्य बढ्यो

दशै नजिकिँदै गर्दा मुस्ताङबाट भित्रिएका भेडा च्याङ्ग्राको मुल्य यस बर्षबृद्धि भएको छ । दशैँ र तिहारमा बढी मात्रामा बिक्री हुने भेडा च्याङ्ग्रा म्याग्दीमा ७ देखि १० हजारको अनुपातमा बिक्री हुने गरेका छन् ।

गत बर्षदशैँ र तिहारको बिचमा मुस्ताङबाट  ल्याईएका च्याङग्राको मुल्य ६/७ हजार मात्र रहेकोमा यो बर्षभने च्याङ्ग्राको मुल्य ९/१० हजार पुगेको व्यापारीहरुले बताएका छन् ।

अनुकुल मौसमको अभावमा कृृषकहरु भेडा, च्याङ्ग्रा पालन व्यवसायबाट बिस्थापीत हुन थालेका कारण मूल्यमा अत्याधीक बृद्धी भएको जिल्ला पशु सेवा कार्यालय, मुस्ताङका प्रमुख गुरुप्रसाद खकुरालले बताउनुभयो ।  

 हिमाली क्षेत्रमा पालीएका च्याङ्ग्राको मासु स्वादिलो हुन्छ । यहाँ वर्षा एक छाक मासु खानु तर च्याङ्ग्राको खानु भन्ने चलन छ । मुस्ताङबाट दसैका लागि करिब ४० हजार भेडाच्याङ्ग्रा निर्यात भएका जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले जनाएको छ ।

म्याग्दी असोज २२ गते ।

No comments: