Tuesday, October 05, 2010

कर्ुइनेमंगलेको अनुगमन

म्याग्दीका सरोकारवालाहरुको टोलीले भदौ २५ गते रातीको वषर्ापछिको पहिरोबाट जोखिममा परेको दर्ुगम कर्ुइनेमंगले गाविसमा पर्ने चौरखानी गाउँको अनुगमन गरेको छ ।

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गत हप्ता त्यहाँ पुगेको सम्बन्धित कार्यालय र संघ संस्थाका प्रतिनिधीहरूको टोलीले स्थानीयबासी संग पहिरोका कारण भएको समस्या र समाधानका उपाएका विषयमा छलफल गर्नुका साथै क्षत्ती विवरण संकलन गरेको थियो ।

    स्थानीयबासीहरुले बस्ती संरक्षणका लागि माग गरेका टोलीमा सहभागि नेपाल रेडक्रस सोर्साईटी म्याग्दी शाखाका उपमन्त्री तथा प्रकोप व्यवस्थापन उपसमितिका संयोजक अमर बानीयाले जानकारी दिनुभयो ।

    बस्ती तलबाट गएको पहिरोका कारण कर्ुइनेमंगले गाविसको वडा न. ५ मा पर्ने चौरखानी गाउँका ४५ घर जोखिममा परेका छन् । पहिरोले स्थानीयबासीको २ सय मुरी कोदो र मकै उत्पादन हुने जमिन क्षत्ती गरेको टोलीले जनाएको छ ।

 त्यसैगरी पहिरोका कारण रघुगंगा प्रावि कर्ुइनेको भवन भत्कने अवस्थामा पुगेपछि पठनपाठन प्रभावित बनेको छ । पहिरोले खानेपानी योजनाको टंकी पनि भत्काएर लथालिङ्ग पारेपछि गाउँमा खानेपानीको समस्या परेको छ ।

    घटनास्थलको अनुगमनपछि टोलीलर्ेर् इस्टीमेट तयार गरि प्रधानमन्त्री राहत कोषमा बस्तीको संरक्षणका लागि बजेट माग गर्ने आश्वासन दिएको छ ।

म्याग्दी असोज १८ गते ।

No comments: