Sunday, October 31, 2010

प्रतिकुल मौसमका कारण कृषकलाई धान भित्र्याउन समस्या

पहाडी जिल्ला म्याग्दीका धानखेती हिजोआज लहलह झुलेका धानले निकै मनमोहक बनेका भएपनि कृषकले भने प्रतीकुल मौसमका कारण समयमै धान स्याहार्न पाएका छैनन् ।

वषर्ा हुन नरोकीएकाले धान पाकेपनि भण्डारण गर्न समस्या परेको कृषकहरूले बताएका छन् । यस वर्षमनसुन पनि ढिला सुरु भएको थियो । यसअघि असोजको दोस्रो हप्तादेखि धान स्याहर्न सुरू गर्ने म्याग्दीका कृषकहरू यसपाली भने असोजको अन्तिम हप्तादेखि धान परालको काममा लागेका छन् ।

वषर्ा नरोकीएकाले खेतमा धान पाकेपनि समयमै भित्र्याउन नपाएको घतान ८ का कृषक टेकनारायण चोखालले बताउनुभयो । पाकेको धान नकाट्ने हो भने खेतमे झर्ने र काटेपनि पानीले रुझाउला भन्ने चिन्ता कृषकमा छ ।

खेतमा धान रुझ्दा चामल टुक्रा पर्ने र स्वाद नहुनुका साथै पराल पनि कुहीले गर्छ । यस वर्षविगतको तुलनामा धानका बोटमा बढी फल लागेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ ।

असीना र झरी वषर्ाले क्षत्ती नगरे यस वर्षधान उत्पादन गत वर्षो तुलनामा १० प्रतिशत सम्म बढ्ने अनुमान गरिएको जिल्ला कृषी विकास कार्यालयका बागबाली बिकास अधिकृत बेदप्रकाश पौडेलले बताउनुभयो ।

जिल्लाको ताकम, धारापानी, मुना, घतान, पात्लेखेत, देविस्थान, मराङ, बिम लगायत क्षेत्रमा असोजमै भित्र्याउनुपर्ने मार्सर्ीीातको धान कात्तीकमा काट्न सुरु भएको छ । धान काट्न ढिलाई हूँदा गहुँ र मकै तथा तरकारी बाली खेती गर्न पनि ढिलाई भएको कृषकको चिन्ता छ । समयमै बाली लगाउन नपाए राम्रो उत्पादन हुँदैन् ।

म्याग्दी कार्तिक १४ गते ।

No comments: