Friday, October 29, 2010

वसको ठक्करले वालिकाको मृत्यु

दरवाङदेखि वेनीमा यात्रु ल्याई मंगलाघाट पार्किङमा बस राख्ने क्रममा ग १ ख २५८५ नम्वरको वसको पछिल्लो भागले टक्कर दिँदा साढे दर्ुइ वषिर्या वालिकाको मृत्यु भएको छ ।
शुक्रवार साँझ करिव साढे पाँचवजे वसले ठक्कर दिँदा कुहु ६ घर भै मंगलाघाट डेरा गरी वस्ने सवारी चालक मुक्ति राम्जालीकी छोरी मुस्कान राम्जालीको मृत्यु भएको हो ।
गम्भिर घाइते  अबस्थामा रहेकी वालिकाको जिल्ला अस्पताल म्याग्दीमा सामान्य उपचार पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाने क्रममा पर्वत सदरमुकाम कुस्मामा पुग्दा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला अस्पताल म्याग्दीका डाक्टर कल्याण सापकोटाका अनुसार वसले ठक्कर दिँदा वालिकाको टाउकोमा गम्भिर चोट लागि मष्तिस्क बाट आन्तरीक रक्तस्राब भएको थियो । बालिका लाइ ठक्कर दिने बस र बस चालक धन बहादुर तामाङ्गलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी कार्तिक १२ गते ।

No comments: