Friday, October 08, 2010

यौन दर्ुर्व्यवहार जनचेतनामुलक कार्यक्रम

गैरसरकारी संस्था अन्तरदृष्टि नेपाल पोखराको आयोजनामा म्याग्दीको राखु पिप्ले स्थित रघुगंगा माविमा बाल यौन दर्ुर्व्यवहार सम्बन्धी चेतनामुलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

    संस्थाका प्रतिनिधी रामचन्द्र लामिछानेले कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थी र शिक्षक शिक्षीकाहरुलाई बाल यौन दर्ुर्व्यवहारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    सो अवसरमा विद्यार्थी राम रखालको नेतृत्वमा ११ सदस्यीय रघुगंगा बाल समुह समेत गठन गरिएको थियो । समुहको सल्लाहकारमा शिक्षीका शोभा हमाललाई चयन गरिएको छ ।

    विद्यार्थीहरुलाई यौन दर्ुर्व्यवहार हुने कारण, यसले पार्ने असर र बालअधिकारको बारेमा जागरुक बनाउन कार्यक्रमले सहयोग गरेको प्रअ रमेश सिंह ठकुरीले बताउनुभयो । सो अवसरमा हाडनाता करणी सम्बन्धी छोरी नामक डकुमेन्ट्री समेत पर््रदशन गरिएको थियो ।

म्याग्दी असोज २२ गते ।

No comments: