Friday, October 08, 2010

तिर्थयात्रीको चहलपहल बढ्यो

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनीमा तिर्थयात्रीको चाप बढेको छ ।
    मुक्तिनाथ मन्दिर र कागबेनीमा सोह्रश्राद्धको औसीमा श्राद्ध गर्नका लागि देश बिदेशबाट आएका भक्तजनहरुको भिड लागेको हो । तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट र पोखराबाट हवाई यात्रा गरेर मुस्ताङ पुग्ने गरेका छन् ।
    बिहीबार स्रोहृ श्राद्धको अन्तिम दिन नेपालका विभिन्न स्थानका साथै भारतबाट आएका संयौ भक्तजनहरुले आफ्ना मृतक पितृको सम्झनामार् तपण तथा श्राद्ध गरेका कागबेनीबाट स्थानीय पुजारी टिकाराम शर्माले जानकारी दिनुभयो । कागबेनीमा पुगेर श्राद्ध गरेमा अन्य ठाउँको तुलनामा सय गुणा बढी पुण्य मिल्ने जनविश्वास रहेको छ ।
    जोमसोम, कागबेनी र मुक्तिनाथका होटलहरुमा तिर्थयात्रीको चापका कारण बास पाउन कठिन भएको छ । होटलमा ठाउँ नपाएपछि तिर्थयात्रीलाई धर्मशाला, विद्यालय र सामुदायीक भवनका साथै पाल टाँगेर बस्ने व्यवस्था मिलाईएको होटल व्यवसायीहरूले बताएका छन् । तिर्थयात्रीका लागि जोमसोममा नेपाली सेनाले ५ वटा पाल टाँगेर बस्ने व्यवस्था मिलाएको छ ।
    अन्नपर्ूण्ा संरक्षण क्षेत्र एक्यापर् इलाका कार्यालय जोमसोमका अनुसार दैनिक २ हजार देखि २ हजार ५ सय जना सम्म तिर्थयात्री मुस्ताङ पुग्ने गरेका छन् । अन्य ठाउँबाट आउने पर्यटकको तथ्याङ्क राखिएपनि भारतीय र नेपालीको तथ्याङ नराख्ने गरिएको एक्याप जोमसोमले जनाएको छ ।

म्याग्दी असोज २२ गते ।

No comments: