Thursday, October 14, 2010

पदमार्गमा पुल निर्माण

म्याग्दीको मुदी गाविसमा पर्ने राउण्ड धौलागिरि पदमार्गमा पर्ने दोभान खोलामा २ वटा झोलुङ्गे पुल निर्माण भएको छ ।

    गत असार २ गतेको बाढीले दोभान खोलाको पुल बगाएपछि पदमार्ग समेत अवरुद्ध हुँदा भ्रमणका लागि आएका ३ समुह विदेशी पर्यटक फर्किएका थिए ।

    स्थानीयबासी, धौलागिरि पर्यटन परिषद्, म्याग्दी पहलमा जिविसको आर्थिक सहयोगमा पुल निर्माण भएपछि पदमार्ग सञ्चालन भएको छ ।

    जिविसको ८५ हजार रुपैया सहयोगमा स्थानीयबासीले श्रमदान गरेर पुल निर्माण गरेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानीयाले जानकारी दिनुभयो ।

र्सवदलीय बैठकले सो ठाउँमा पुल निर्माण गर्न ३ लाख रुपैया उपलब्ध गराउने निर्ण्र्ाागरेको थियो । र्सर्वेक्षण अनुसार पुल निर्माणका लागि ३ लाख ८५ हजार रुपैया आवश्यक पर्ने जनाईएपनि जिविसले पेश्कि स्वरुप ८५ हजार रुपैया उपलब्ध गराएको छ ।

    नदी तर्न नसकेर पर्यटक र्फकन थालेपछि जिविसबाट निर्ण्र्ााअनुसार समयमै आर्थिक सहयोग नपाएपनि स्थानीयबासीले श्रमदान गरेर पुल निर्माण गरेका मुदी बगरका पर्यटन व्यवसायी हरि तिलीजाले बताउनुभयो ।

म्याग्दी असोज २८ गते ।

No comments: