Tuesday, October 12, 2010

रेमीट्यान्स भुक्तानी बढ्यो

दसै नजिकिँदै गर्दा म्याग्दीमा रेमिट्यान्स भुक्तानी बढेको छ । खाडी तथा युरोपीयन देशहरूमा रोजगारीका लागि गएकाहरूले दसैका लागि घरपरिवारलाई नगद पठाउन थालेपछि सदरमुकाम बेनी स्थित रेमिट्यान्स कारोबार गर्ने संस्थाहरूमा ग्राहकहरुको भिड लाग्न थालेको छ ।

    विदेशीएकाले चार्डपर्वको मौका पारेर ठूलो मात्रामा नगद पढाउने हुनाले रेमिट्यान्स भुक्तानी बढेको हो । बेनीमा रहेका रेमिट्यान्स काउन्टर, बैङ्क र वित्तिय संस्थाहरूले दैनिक २ देखि ३ करोड रुपैया सम्म भुक्तानी हुने गरेको जनाएका छन् । बेनीमा वर्ेष्र्टन युनियन, आईर्एमई, हिमालयन, प्रभु लगायत दर्जनौ रेमिट्यान्स संस्थाका प्रतिनिधीहरु रहेका छन् ।

    एकै दिनमा ५४ लाख रुपैया रेमिट्यान्स भुक्तानी भएको बेनी स्थित निलगिरी बिकास बैङ्कका अधिकृत अनुमान श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी धौलागिरि, बुद्ध, नेशनल लगायत रेमिट्यान्स भुक्तानी काउन्टरका साथै आईर्एमई फाईनान्स, माछापुच्छ्रे बैङ्क, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय बाणिज्य बैङ्क, पश्चिमाञ्चल फाईनान्स लगायत बैङ्क तथा वित्तिय संस्थाहरुले पनि रेमिट्यान्स भुक्तानी बढेको जनाएका छन् ।

विगत वर्षो तुलनामा यस वर्षजिल्ला भित्रने रेमिट्यान्स घटेको रेमिट्यान्स कारोबार  गर्ने संस्थाहरूले जनाएका छन् । युरोपियन देशहरुबाट भित्रने ठूलो मात्राको रेमिट्यान्स घटेको बुद्ध मनि ट्रान्सफर बेनीका हेमन्त थापाले बताउनुभयो ।

म्याग्दी असोज २६ गते ।

No comments: