Thursday, October 14, 2010

एमाले घारा दोस्रो गाउँ अधिवेशन सम्पन्न

नेकपा एमाले घाराको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेकी बैकल्पीक पोलीट ब्युरो सदस्य तथा संसदीय दलका सचेतक थममाया थापाले माओवादी हठका कारण निर्धारीत समयभित्र संबिधान जारी हुन नसकेको आरोप लगाउनुभयो ।

    थापाले एमालेको उपल्लो तहबाट पहल गरिरहेकाले राजनितिक अस्थिरता छिट्टै अन्त्य हुने र थप गरिएको समयभित्र संबिधान जारी हुने बताउनुभयो । जिल्ला कमिटि सदस्य भक्त खड्काको सभापतित्व र गोकुल बरुवालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा गाउँ यामबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।

    अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पर्ुव अञ्चल कमिटि सचिव नवराज शर्मा, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण सुवेदी, जिल्ला अध्यक्ष कृष्ण बिक, जिल्ला उपसचिव राजाराम बरुवाल, नेकपा एमाले म्याग्दी पोखरा सामुदायीक मञ्चका अध्यक्ष नारायण पुन, पर्ुव जिल्ला कमिटि सदस्य रामचन्द्र खड्का र मुक्तिमार्ग उच्च माविका प्राचार्य मेखबहादुर खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    अधिवेशनले यामबहादुर खड्काको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा तिलबहादुर पुन, सचिवमा गोकुल बरुवाल, उपसचिवमा राजाराम बरुवाल चयन हुनुभएको छ ।

    गाउँ कमिटि सदस्यहरुमा चन्द्रबहादुर नेपाली, तेजबहादुर बरुवाल, लक्ष्मी केसी, दर्ुगाबहादुर बरुवाल, क्षेत्रबहादुर बरुवाल, बिषु कार्की, धनमाया परियार, निर्मल बरुवाल, शान्ति भण्डारी, तिलकबहादुर खड्का, कृष्ण खड्का, बेगबहादुर खड्का र कोपीला बरुवाल चयन हुनुभएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

म्याग्दी असोज २८ गते ।

No comments: