Tuesday, October 05, 2010

सडक निर्माणका लागि एक महिनाको तलव सहयोग

म्याग्दीको ताकमका शिक्षक कर्मचारीहरूले गाउँलाई जोड्ने सडक निर्माणका लागि १ महिनाको तलव उपलब्ध गराउने निर्ण्र्ाागरेका छन् ।

    गाविसका शिक्षक र कर्मचारीहरूले एक महिनाको तलव दरवाङ-ढोरपाटन सडकको दरवाङ ताकम ट्रक्याक खोल्नका लागि स्वेच्छिक रुपमा सहयोग गर्ने निर्ण्र्ाागरेका सहयोग संकलन समितिका सचिव गोपाल आचार्यले जानकारी दिनुभयो ।

    गाविसमा रहेका शिक्षक र कर्मचारीहरुबाट मात्र एक महिनाको तलवबाट कम्तीमा १० लाख रुपैया संकलन हुने जनाईएको छ । त्यस्तै वैदेशीक रोजगारमा गएकाहरुबाट न्युनतम २० लाख रुपैया संकलन हुने अनुमान गरिएको समितिले जनाएको छ । सरकारी बजेट पर्याप्त नभएपछि स्थानीय बासिन्दाहरू आफै आयस्रोत जुटाएर गाउँमा मोटरबाटो निर्माण गर्न जुटेका हुन् ।

    गाउँका शिक्षक, कर्मचारी, भुतपर्ुव भारतीय तथा वेलायती सैनीक, वैदेशीक रोजगारमा गएका र विभिन्न पेशाकर्मीहरुलेसडक निर्माणका लागि गाविसका भुपु सैनीक, शिक्षक र कर्मचारीहरुले ताकम माविका शिक्षक देेवेन्द्रबहादुर थापाको अध्यक्षतामा आर्थिक संकलन समिति गठन गरेका छन् । 

    सडक खण्डको दरवाङदेखि ताकम धारापानीको बादीकाको उकालोसम्म सरकारी लगानीमा ट्रयाक खोलीएको छ । सरकारी बजेटको प्रतिक्षामा समयमै काम हुन नसक्ने भएकाले स्थानीयबासी सडक निर्माणमा अग्रसर भएका सचिव आचार्यले बताउनुभयो ।
म्याग्दी असोज १९ गते ।

No comments: