Sunday, October 31, 2010

एक्सरे मेसिन प्रयोगविहीन

प्राथमिक स्वास्थ्य केन्द, दरवाङको एक्सरे मेसिन १ वर्षेखि प्रयोगविहीन बनेको छ ।

स्वास्थ्य केन्द्रमा उक्त मेसिन चलाउन जान्ने प्राविधिक जनशक्ति नभएपछि मेसिन प्रयोगविहीन बनेको हो ।

स्वास्थ्य विभागले उपलब्ध गराएको एक्सरे मेसिन नचलेपछि सो क्षेत्रका दरवाङ, निस्कोट, ओखरबोट, देविस्थान, बिम, ताकम, मराङ लगायत गाविसका बासिन्दा मर्कामा परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयलाई प्राविधिक जनशक्ति पर्ठाईदिन आग्रह गरेको भएपनि  प्राविधिक नआएकाले स्थानीयबासी समस्यामा परेका केन्द्र विकास समितिका अध्यक्ष दिलीप शेरचनले बताउनुभयो ।

 सो क्षेत्रका बासिन्दा एक्सरेका लागि जिल्ला सदरमुकाम बेनी आउन बाध्य बनेका छन् ।

म्याग्दी कार्तिक १४ गते ।

No comments: