Friday, October 08, 2010

बिमा कम्पती हतोत्साही

म्याग्दीमा सडक दर्ुघटनामा मानविय र भौतिक क्षत्ती बढ्न थालेपछि यातायात क्षेत्रमा लगानी गरेका बिमा कम्पनीहरू हतोत्साही बनेका छन् ।

    तत्काललाई म्याग्दी जिप तथा बस सञ्चालक समिति अर्न्तगतका जिप तथा बसको बिमा गर्न नसक्ने बिमा कम्पनीहरुले जनाएका छन् । बिमा कम्पनीहरूले म्याग्दीका सडक जोखिमपर्ूण्ा भएकाले लगानीका लागि हात झिक्न थालेका हुन् ।

    सडकको जिर्ण्र्ाावस्थाका कारण दर्ुघटना बढ्न थालेपछि लुम्बीनी जनरलर् इन्सोरेन्स कम्पनीले नयाँ गाडीको बिमा रोक्ने र पुराना गाडीको नविकरण गर्न रोकेर छलफलका लागि बोलाएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका प्रतिनिधी देवेन्द्र पौडेलले बताउनुभयो । म्याग्दीका अधिकांश यातायातका साधनले लुम्बीनी जनरलर् इन्सोरेन्ससंग बिमा सम्झौता गरेका छन् ।

    सडक बिभागले रुट कायम दिएको ठाउँमा बिमा कम्पनीले अनिवार्य बिमा गर्नुपर्ने हुुन्छ भने रुट कायम नभएको ठाउँमा यातायात व्यवसायी र कम्पनीले आपसी समझदारीमा बिमा गर्ने गराउने गरेका छन् ।

    म्याग्दीलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुङ्गा बेनी, बागलुङ बेनी लगायत जिल्ला भित्रका कुनै पनि सडकलाई सडक बिभागले रुट कायम गरेको छैन् । रुट कायम नभएकाले बिमा कम्पनीले सम्झौताका लागि आनाकानी गर्न थालेको यातायात व्यवसायीले बताएका छन् । बिमा कम्पनीको सम्झौता र नविकरण नगर्ने जानकारी पछि यातायात व्यवसायीहरू लगानी डुब्ने डरले चिन्तीत बनेका छन् ।

 "सडक बिभागको जिम्मा लगाएपछि मात्र रुट कायम हुन्छ, त्यसका लागि सडक बिभागमा सडक हस्तान्तरण गर्नुपर्छ" नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ का अञ्चल संयोजक सुरज केसीले भन्नुभयो "रुट कायम नहुँदासम्म यस्तो समस्या कायमै रहन्छ ।"

     मंगलबार बाँदरजुङ भिरमा भएको दर्ुघटनामा मृत्यु भएका चालक र सहचाकको प्रतिव्यक्ती रु. ५/५ लाख, प्रतियात्रुरु. १ लाख र गाडीको रु. २२ लाख बिमा तिर्नुपर्ने हुन्छ । म्याग्दीका सडकको जोखिमपर्ूण्ा अवस्थाका कारण बिमा कम्पनीले बिमा प्रिमीयम शूल्क बढाउने प्रस्ताव गरेको प्रतिनिधी पौडेलले बताउनुभयो ।

म्याग्दी असोज २२ गते ।

No comments: