Tuesday, October 05, 2010

माउण्ट एभरेष्ट कप भलिवल प्रतियोगिता सम्पन्न

माउण्ट एभरेष्ट आवासीय उच्च मावि बेनिको आयोजना र युवा रेडक्रस र्सकलको संयोजनमा बेनीमा सञ्चालन भएको अन्तर उच्च मावि जिल्ला स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

 प्रतियोगितामा छात्रा तर्फजनप्रिय उच्च मावि दरबाङ र छात्र तर्फप्रकाश उच्च माबि बेनी पहिलो भएका छन् ।

फाईनल खेलमा पुरुष भलिवलतर्फप्रकाश उच्च मावि संग पराजीत महेन्द्ररत्न उच्च मावि बरङ्जा दोस्रो र माउन्ट एभरेष्ट आवाशिय उच्च माविलाई पराजीत गर्दै मंगला शिक्षा क्याम्पस बाबियाचौर तेस्रो भएका छन् ।

 महिला भलीबल तर्फजनप्रिय उच्च मावि संग पराजीत माउन्ट एभरेष्ट आवाशिय उच्च मावि दोस्रो र न्यु वेष्ट प्वाईन्ट कलेज बेनीलाई पराजीत गर्दै म्याग्दी बहुमुखी क्याम्पस तेस्रो भएका छन् । 

    प्रतियोगितामा प्रकाश उच्च माविका गोविन्द गर्वुजा र माउन्ट एभरेष्ट आवाशिय उच्च माविकी निशा पुन उत्कृष्ट विद्यार्थी घोषणा भएका छन् । बिजयीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले शिल्ड, मेडल, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभएको थियो ।

    प्रतियोगितामा पुरुषतर्फपहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपैया नगद पुरस्कार पाएका छन् । त्यसैगरी महिला भलिवलतर्फपहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार उपलब्ध गर्राईएको थियो ।

    युरेस सभापति ज्ञानेन्द्र पौडेलको सभापतित्व र सदस्य श्याम थापाको सञ्चालनमा सम्पन्न भएको समापन कार्यक्रममा खेलकुद संयोजक सुनेश केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य राजु केसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दी असोज १८ गते ।

1 comment:

Unknown said...

nice blog and creative post.Thanks suraj ji .....