Friday, April 23, 2010

आगोमा जलेर बृद्धाको मृत्यु

म्याग्दीको अर्मनमा आगोमा जलेर एक जना बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगोमा जलेर अर्मन १ कि ७५ बषिर्या सरीमाया थापाको घटनास्थलमै मृत्यु भएको हो । घर नजीकैको बारीको फोहोरको झाडी जिलौटोमा आगो लगाउने क्रममा जलेर थापाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो । आगोको लपेटाले जलेर उनको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट एक टोली त्यसतर्फगएको छ । २०६७ बैशाख १० गते दिउँसो १२.15 बजे सुरज/सन्तोष

No comments: