Monday, April 26, 2010

खेलकुद मैदान निर्माण

पश्चिम म्याग्दीको जनप्रिय निमावि बरङ्जा खर्कमा स्थानीयको सक्रियतामा खेलकुद मैदान निर्माण भएको छ । स्थानीयबासी, न्यु स्टार युवा क्लव खर्क र विद्यालयको संयुक्त लगानीमा आईतबार डोजर प्रयोग गरि खेलकुद मैदान निर्माण कार्य सम्पन्न भएको हो । १ सय ५० मिटर लामो र ४० मिटर चौडा भएको खेलमैदान निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगविर रोकाले जानकारी दिनुभयो । खेलमैदान निर्माण भएपछि विद्यालयका विद्यार्थी तथा स्थानीय खेलाडीहरू लाभान्वित भएको बरङ्जाका शिक्षक कृष्णप्रसाद सापकोटाले बताउनु भएको छ । मैदानलाई भलिवल, बास्केटल, फुलबल लगायत खेल खेल्न र अन्य सामाजिक प्रयोजनमा प्रयोग गरीने जनाइएको छ । खेलमैदानमा पर्याप्त पर्ुवाधार नहुँ्दा निराश बनेका खेलाडीहरू पनि उत्साहीत भएका छन् । त्यसैगरी म्याग्दीको बरङ्जा स्थित जनप्रिय निमाविमा पुस्तकालय स्थापनाका लागि आईतबार ब्यवस्थापन समिति गठन भएको छ । रुम टु रिडको सहयोगमा गाँजा युवा क्लव मार्फ पुस्तकालय निर्माण गर्न विद्यालयका प्र.अ यामप्रसाद र्घर्तीको अध्यक्षतामा ११ सदस्यीय पुस्तकालय ब्यवस्थापन समिति गठन भएको हो । मिलन रोका उपाध्यक्ष, शिक्षक झपिन्द्रबहादुर खत्री सचिव र कोषाध्यक्ष पदमबहादुर बानिया रहनुभएको समितिका अन्य सदस्यहरूमा सन्दिप खड्का, नरबहादुर नेपाली, लिलकुमारी बानिया, झककुमारी थापा, उमादेवि र्घर्ती, चन्द्रदत्त सापकोटा र बलीभद्र भुसाल रहनुभएको छ ।

No comments: