Saturday, April 24, 2010

सदरमुकाम संरक्षणका लागि तटबन्ध निर्माण कार्य तिबर

सदरमुकाम बेनी बजारमा कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गर्न तटबन्ध निर्माण कार्य तिबर पारीएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको आर्थिक सहयोगमा कालिपुलदेखि मंगलाघाट सम्म कालिगण्डकी र म्याग्दी नदीमा तटबन्ध गर्न लागिएको हो । निर्माण समितिका अनुसार करिब २ किलोमिटर नदि किनार मध्ये करिब ५ सय मिटर दुरीमा तटबन्ध गर्न बाँकी छ । कार्यालयले चालु आर्थिक वर्षा नदी नियन्त्रणका लागि १ करोड रुपैया बिनियोजन गरेको थियो । नदी किनारमा तारजाली भरेर तटबन्ध गर्ने काम त्रि्र पारीएको उपभोक्ता समतिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार दर्ुइवटै नदीमा १ हजार ७५ थान तारजाली भर्न लागीएको छ । तीन वर्षघिदेखि तटबन्ध निर्माण गर्न सुरु गरिएको थियो । चालु आर्थिक वर्षभत्र तटबन्ध निर्माण पुरा गर्ने बताईएको छ । तटबन्धलाई सडकका रुपमा प्रयोग गर्ने योजना रहेको निर्माण समितिका सदस्य सुरज श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघको बेनीमा चत्रपथ निर्माण गर्ने अवधारणा अनुसार तटबन्धलाई सडकका रुपमा प्रयोग गर्न लागिएको हो । साँघुरो सडक रहेको बजार भित्र सवारी साधन आवागमन ब्यवस्थित गर्न चत्रपथले सहयोग गर्ने सदस्य श्रेष्ठको भनाई छ । २०६७ बैशाख ११ गते दिउँसो १२।ं१५ बजे सन्तोष गौतम

No comments: