Tuesday, April 27, 2010

दर्ुगम गाउमा दूग्ध संकलन केन्द्र स्थापना

म्याग्दीको ओखरबोट गाविस १ फुलबारीमा दूग्ध संकलन केन्द्र स्थापना भएको छ । स्थानीय कृषकहरूको सक्रियतामा जनहित दूग्ध संकलन केन्द्र स्थापना भएपछि सो ओखरबोट र निस्कोट गाविसका कृषकहरू लाभान्वित भएका छन् । स्थानीय १३ जना कृषकहरूले केन्द्र स्थापना गरेका हुन् । केन्द्र स्थापना भएपछि दूध बिक्रीका लागि ग्राहकको घरघरमा पुग्नुपर्ने समस्याबाट कृषकले मुक्ति पाएका छन् । ओखरबोटको १, निस्कोटका २ र ३ नम्बर वडामा उत्पादीत दूध संकलन गरेर बजारीकरण गर्ने गरिएको केन्द्रले जनाएको छ । ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका सो क्षेत्रका कृषकले पहिलो पटक दूग्ध संकलन केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा दैनिक करिब १ सय लिटर दूध संकलन हुन्छ । स्थानीय स्तरमा कृषकले उत्पादन गरेको दूध संकलन गरेर दरबाङ बजारमा बिक्रीका लैजाने गरिएको छ । सोमबार भएको केन्द्रमा आवद्ध कृषकहरूको भेलाले छबीलाल पुनको अध्यक्षतामा १३ सदस्यीय दुग्ध उत्पादन तथा वितरण समिति गठन गरेको दरबाङबाट सहकर्मी कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । समितिको सचिवमा मानसीङ सापकोटा सचिव, कोषाध्यक्षमा सिता गौतम र सदस्य सचिवमा पशु सेवा केन्द्र दरबाङका प्रमुख गणेश थापा रहनुभएको छ । जिल्ला पशु सेवा कार्यालय, म्याग्दीका प्रमुख प्रेम शर्मा सापकोटाले सोमबार एक समारोहका बिच केन्द्रलाई २१ हजार रुपैया मूल्य बराबरका दूग्ध संकलन तथा वितरण सम्बन्धि उपकरण हस्तान्तरण गर्नुभएको थियो । केन्द्रलाई सहकारीको रुपमा बिकास गर्न र पशुपालनका लागि आवश्यकपर्ने घाँसका बिरुवा उपलब्ध गराउने कार्यालय प्रमुख शर्माले बताउनुभएको छ । २०६७ बैशाख १३ गते बिहान १० बजे सुरज/सन्तोष

No comments: