Tuesday, April 27, 2010

म्याग्दीमा साना तथा घरेलु उद्योगको अवस्था निराशाजनक

प्रसस्त कच्चा पदार्थ उपलब्ध भएपनि म्याग्दी जिल्लामा साना तथा घरेलु उद्योगको अवस्था निराशाजनक रहेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा साना उद्योगको अवस्था घट्दो छ । "दर्ता भएर सञ्चालन भएका उद्योगहरू पनि नविकरण हुन सकेका छैनन- कार्यालयका बरिष्ठ घरेलु उद्योग विकास अधिकृत नारायणदत्त पन्तले भन्नुभयो । सो कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष२०६५/६६ सम्ममा जिल्लाभर ७ सय ११ वटा उद्योग दर्ता भएकामा चालु आर्थिक वर्षा सो संख्या घटेर २ सय ८३ वटामा सिमित बनेका छन् । नविकरण नभएका ४ सय २८ वटा उद्योगहरू खारेजीमा परेका छन् । २३ वटा घरेलु र २ सय ६० वटा साना उद्योगको दर्ता खारेजी गरिएको सो कार्यालयले जनाएको छ । साना तथा घरेलु उद्योगमा एक अर्व ४ करोड ६ लाख रुपैया लगानी भएको समितिले जनाएको छ । दक्ष जनशक्ति, शिपविकास, सडक सुविधा, झन्झटिलो उद्योग दर्ता प्रत्रिया, बजारीकरण, आयातीत बस्तुसंग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणले साना तथा घरेलु उद्योग बन्द हुने र निश्त्रिmय रहने गरेका म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिजयकुमार श्रेष्ठले बताउनुभयो । घरेलु प्रविधीको प्रयोग गरि स्थानीय स्तरमा सानो मात्रामा उत्पादन हुने सामानहरूको बजारीकरण गर्न समस्या पर्ने गरेको नांङ्गीकी उद्यमी राममाया पुनले बताउनुभयो । "बिदेशबाट आयात गरिएका सामानसंग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्ने वातावरण बन्नर्ुपर्छ" पर्ुजाले भन्नुभयो । जिल्लामा खनिज, वनपैदावार, कृषी उत्पादन प्रसोधन, पर्यटन जस्ता उद्योगहरूका लागि कच्चा पदार्थ तथा अन्य सम्भावना रहेको छ । २०७६ बैशाख १४ गते दिउँसो १२.ं१५ बजे सन्तोष गौतम

No comments: