Thursday, April 29, 2010

होटल ब्यवसायी संघमा पुन गौचन

म्याग्दी होटल ब्यवसायी संघको प्रथम जिल्ला अधिबेशनबाट बिमला गौचन अध्यक्ष पदमा चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा अनोद श्रेष्ठ, सचिवमा बाबुराम आचार्य, कोषाध्यक्षमा शिवकुमार भट्टचन र सहसचिवमा जमुना पर्ुजा रहनुभएको छ । त्यसैगरी समितिका अन्य सदस्यहरूमा हिक्मत श्रेष्ठ, रामकुमार गौचन, एकेन्द्र श्रेष्ठर्,र् इन्द्रसीङ शेरचन, लिलाप्रसाद भट्टचन, गोपाल पौडेल, जगतदेवि शर्मा, महेन्द्र गौचन, सुवास गौचन र गमबहादुर पुन रहनुभएको छ । समितिका सल्लाहकारमा हरिकृष्ण श्रेष्ठ, टमबहादुर थापा र कृष्णकुमार भट्टचन रहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ बेदबहादुर कार्कीले नेपाल पर्यटन वर्ष२०११ सफल पार्न होटल ब्यवसायीहरूले महत्वपर्ूण्ा भुमिका रहने बताउनुभयो । पर्यटकको स्वागत सत्कार गर्नमा बढी ध्यान दिनुपर्ने प्रजिअ कार्कीको भनाई थियो । अध्यक्ष गौचन र सचिव आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले स्वागत गर्नुभएको थियो । त्यसैगरी स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, नेपाली कांग्रेसका जिल्ला सभापति डाक्टर भुपेन्द्र खड्का, नेकपा एमालेका जिल्ला सचिव खुमबहादुर बानीया र राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी बिश्वकर्माले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०६७ बैशाख १५ गते बेलुकी ७ बजे

No comments: