Friday, April 30, 2010

वनको प्रमुख आयस्रोत पानी

म्याग्दीको एउटा सामुदायीक वनले आफूसंग भएको स्रोत साधनको उपभोग गर्ने हो भने आयआर्जन गर्न कठिन हुँदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ । सदरमुकाम बेनीको बराहपाखो सामुदायीक बन समुहले विगत १२ वर्षेखि वनमा रहेको पानीको मुहनालाई आफ्नो मुख्य आयस्रोत बनाएको छ । पानीको मुहान संरक्षण र सदुपयोग गरेर गतिलो उदाहरण प्रस्तुत गरेको बराहपाखो जिल्लाकै नमुना सामुदायीक वन बन्न सफल भएको हो । ५०५५ सालमा समुदायमा हस्तान्तरण भएको सो सामुदायक बन समुहले स्थापना कालदेखिनै पानीको मुहान संरक्षण मात्र गरेको छैन मुहानको पानी बिक्री गरेर आम्दानी पनि गरेको छ । समुहका अध्यक्ष दलप्रसाद श्रेष्ठका अनुसार समुहसंग ४१ वटा पानीका धारा छन् । "४१ मध्ये ३८ वटा धाराको पानी उपभोक्तालाई बिक्री गर्दै आएका छौ" अध्यक्ष श्रेष्ठले भन्नुभयो "एउटा धाराबाट मासिक १ सय रुपैया आम्दानी हुन्छ ।" सुरुमा प्रतिधारा ५० रुपैया लिने गरिएकोमा हाल बढाएर १ सय रुपैया बनाईएको समुहका पानी वितरण संयोजक कुलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पानी बेचेरे समुहलाई मासिक ३ हजार ८ सय रुपैया आम्दानी हुन्छ । पानी र दाउराघाँस सो वनको प्रमुख आयस्रोत हो । पानी र दाउरा घाँसबाट प्राप्त आम्दानी कार्यालय सञ्चालन, कर्मचारी तलव र वन सम्बन्धी चेतनामुलक कार्यक्रम गर्न लगानी हुने गरेको समुहका सदस्य बालकृष्ण गौतमले बताउनुभयो । "पानी भएपछि कसरी कार्यालय सञ्चालन गर्न कसरी आयस्रोत जुटाउने भन्ने चिन्ता त हटेको छनै अन्य सामाजिक काम गर्न पनि पाएका छौ" सदस्य गौतमले अनुभव ब्यक्त गर्दै भन्नुभयो "आफूसंग भएका सम्पदाको संरक्षण र सदुपयोग गर्न सके सामुदायीक वन व्यवस्थापन गर्न पनि सफल भईदो रहेछ ।" १६ दशमल १६ हेक्टर क्षेत्रफलमा फैलीएको सो वन समुहले आफ्नो आम्दानी वन, जडिवुटी, वनस्पती लगायत प्राकृतीक सम्पदा संरक्षण गर्नका लागि लगानी गर्ने गरेको छ । सो वनको सिको गर्दै छिमेकी ज्यामरुकोटको भसभसे सामुदायीक वनले पनि सदरमुकाम बेनीक ग्राकहलाई पानी बेचेर राम्रो आम्दानी गरिरहेको छ । २०६७ बैशाख १६ गते बेलुकी ७ बजे सन्तोष गौतम

No comments: