Tuesday, April 27, 2010

दृष्टिबीहीन छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण

म्याग्दीको राखुपिप्ले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबीहीन कक्षामा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । विद्यालयको वाषिर्क उत्सव समारोहका अवसरमा छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरूलाई सेतोछडी, ब्रेलकपी र लेख्नका लागी सलेट स्र्टाईलर वितरण गरिएको जिल्ला शिक्षा कार्यालय अर्न्तगतको दृष्टिबीहीन लेखाजोखा समितिकी संयोजक कल्पना के.सीले बताउनुभयो । दृष्टिबीहीन विद्यार्थीलाई अध्ययनका लागि सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामाग्रीहरू वितरण गरिएको हो । नेत्रहीन संघ बागलुङले उपलब्ध गराएको शैक्षिक सामाग्री सोमबार वितरण गरिएको थियो । गतवर्षेखि सञ्चालीत जिल्लाकै पहिलो र एकमात्र सो दृष्टिबीहीन कक्षामा ६ जना छात्रछात्रा अध्ययनरत छन् । विभिन्न संघ संस्थाका सहयोगमा ३ छात्र र ३ छात्रालाई निशूल्क पठनपाठनको ब्यवस्था गरिएको संयोजक के.सीले जानकारी दिनुभयो । यसैबिच सो विद्यालयको वाषिर्क उत्सवको अवसरमा आयोजित मुक्तिधाम उच्च मावि श्रोत केन्द्र स्तरीय अन्तरमावि हाजीर जवाफ प्रतियोगितामा ज्ञानोदय मावि पहिलो र रघुगंगा मावि पिप्ले दोस्रो भएका छन् । त्यसैगरी प्रावि स्तरीय हाँजीरीजवाफ प्रतियोगितामा देउराली प्रावि भगवती साझपानी पहिलो र ज्ञानोदय मावि दोस्रो भएको थिए । श्रोत व्यक्ती तप्तबहादुर थापाको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा प्रअ निलकण्ठ सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६७ बैशाख १४ गते दिउँसो १२.ं१५ बजे सुरज केसी, सन्तोष गौतम

No comments: